काठमाडौं

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २०३ केजी गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । "/>

दुई सय तीन केजी गाँजा सहित ६ जना पक्राउ

दुई सय तीन केजी गाँजा सहित ६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २०३ केजी गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर ताप्ली गापा–१ पिपलभञ्ज्याङ बस्ने ५८ वर्षका पदम हमाल ठकुरी, सिरहा धनगढी नपा–३ बस्ने ३५ वर्षका सुरेश कुमार महतो, सिरहा औरही गापा–२ बस्ने ४४ वर्षका जिप चालक छेदी दास, मकवानपुरको राक्सिराङ गापा–१ बस्ने ४२ वर्षका कृष्णबहादुर मोक्तान सहित सिन्धुलीका दिनेश मगर र सिन्धुपाल्चोककै ज्ञान बहादुर बुढासैली रहेका छन् ।

उनीहरुलाई बीआर–आईपी २३४५ नम्बर भारतीय बोलेरो जिपमा फल्स बटम बनाएर लुकाएको अवस्थामा ८८ केजी ७ सय २० ग्राम र महोत्तरी हुँदै भारत जान लागेको ना ४ च ४७६२ नम्बर बोलेरोमा फल्स बटम बनाएर राखेको १ सय १५ किलो गाँजा सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका हमाल चार वर्ष देखि मकवानपुरका विभिन्न स्थानबाट गाँजा तथा चरेस संकलन गर्ने र भारतमा अवैध कारोबार गर्ने मुख्य अभियुक्त रहेको प्रहरीले दाबी गरेको छ । उनीहरु पटकपटक लागूऔषध गाँजा तथा चरेस ओसारपसारमा संलग्न रही आएको प्रहरी जानकारी गराएको छ ।
नयाँ पत्रिकाबाट

Logo