लमजुङ

पच्चीस वर्ष देखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । "/>

एक महिना कैद छल्न २५ वर्ष देखि फरार अभियुक्त पक्राउ !

एक महिना कैद छल्न २५ वर्ष देखि फरार अभियुक्त पक्राउ !

केन्द्रबिन्दु
0
Shares

लमजुङ

पच्चीस वर्ष देखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

वि.सं. २०५० मा बहुविवाह मुद्दामा थापालाई एक हजार जरिवाना सहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजायँ पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीब्रता दिएको छ ।
रासस

Logo