राजविराज

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिका सहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ । "/>

अंश जोगाउन ५ बर्षीया भतिजी सहित दाजु भाउजुको हत्या !

अंश जोगाउन ५ बर्षीया भतिजी सहित दाजु भाउजुको हत्या !

केन्द्रबिन्दु
0
Shares

राजविराज

सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिका सहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ । स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरिएका मध्ये १७ बर्षीया बेचनीको शव घर नजिकै रहेको ट्वाइलेटको सेफ्टी ट्यांकी भित्रबाट प्रहरीले गत जेठ ३१ गते राति फेला पारेको थियो । बेचनी गर्भवती थिइन् । सुरज र छोरी प्रतिभाको शव अझै फेला परेको छैन् । मृतक बेचनीको माइती पक्षको उजुरीको आधारमा घटनाको अनुसन्धान थालेको सप्तरी प्रहरीले हाल पाँच जना आरोपीलाई पक्राउ गरी बाउछोरीको शव खोजतलास गरिरहेको छ ।

सोमबार मृतकहरुको घर देखि झण्डै दुई किलोमिटर टाढा कोसी पश्चिमी नहरको खाँडो साइफन नजिक शव उत्खनका लागि प्रहरीले घण्टौं प्रयास गरेपनि अत्याधिक पानी रहेका कारण शव उत्खनन गर्न नसकिएको घटनास्थलमै भेटिएका सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी गराए । घटनाबारे विस्तृत अनुसन्धान भइनसकेको भन्दै बृहत जानकारी दिन नमिल्ने उनको भनाई छ । ‘केही अभियुक्तलाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौ’, सिंहले भने, ‘उनीहरुले प्रहरी समक्ष दिएको वयानकै आधारमा शव उत्खनन गर्न थालिएको हो ।’

जिल्ला प्रहरी कार्यालय निकट स्रोतका अनुसार हत्याको आरोपमा सुरजका भाई पञ्चदेव साह सहित पाँच जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । जेठ ३१ गते साँझ सेफ्टी ट्यांकी भित्र फालिएको बेचनीको शव गन्हाउन थालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले सेफ्टी ट्यांकीबाट बेचनीको शव निकालेर परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
नागरिकबाट

Logo