काभ्रे । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ । "/>

काभ्रेमा ९ वर्षिया बालिकाको बलात्कारपछि हत्या

काभ्रेमा ९ वर्षिया बालिकाको बलात्कारपछि हत्या

केन्द्रबिन्दु
0
Shares

काभ्रे । कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ ।

काभ्रेको तेमाल गाउँपालिका १ स्थित देच्छेलिङ गुम्बा परिसरमा ९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । असार २० को राति घटना भए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको छ ।

फुपु मिना तामाङले परपुरुषसँग यौन सम्बन्ध राखेको देखेकी एलिसालाई फुपुकै मिलेमतोमा हत्या गरिएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए । बारा बारागढी गाउँपालिका ६ का २३ वर्षीय जोखन मन्सुरले एलिसाको हत्या गरेका हुन् । मन्सुर र मीना बीचको यौन सम्बन्ध थाहा पाएकी एलिसालाई आफूहरूको कर्तुत लुकाउन दुबैको मिलेमतोमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी खड्काले जानकारी दिए ।

प्रहरी अनुसन्धान र उनीहरूकै बयानबाट मन्सुर र मीना बीचको यौन सम्पर्कको दृश्य मृतक बालिकाले देखेकी रहिछन् । चाउचाउ किनिदिने भन्दै एलिसालाई मन्सुरले फकाएर गुम्बा छेउमा लगि बलात्कार गरेपछि हत्या गरेको खुलेको एसपी खड्काले जानकारी दिँदै भने ।

मुख तथा योनीमा घाउ भएको अवस्थामा शव घोप्टो परेको अवस्थामा प्रहरीले २० गते राति नै फेला परेको थियो । छेन्देलिङ हेलेमेन्दो गुम्बा परिसरको पर्खाल नजिकै ढुंगा थुपारेको स्थानमा एलिना माथि बलात्कार भएको प्रहरीले जनाएको छ । आफूले बालिकाको नाकथुनेपछि ज्यान गएको मन्सुरले प्रहरीसँगको बयानमा भनेका छन् ।

Logo