काठमाडौं

धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । "/>

गरिबको पहुँच बाहिर गरिब परिचयपत्र : धनीकै बोलवाला !

गरिबको पहुँच बाहिर गरिब परिचयपत्र : धनीकै बोलवाला !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघा सम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपति समेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् ।

परिचयपत्र पाउनेमा नेता, कर्मचारी र जनप्रतिनिधि समेत छन् । ‘गरिब परिचयपत्र आयो भनेर वडाभरि डम्फु पिटियो,’ धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष मुरारी अधिकारीले भने, ‘धनीको नाम गरिबको परिचयपत्रमा उल्लेख भएर आएको रहेछ । वितरण प्रक्रियामै तनाव होला जस्तो छ ।’

उनको वडामा आगामी २० गतेपछि परिचयपत्र वितरणको कार्यक्रम छ । ‘परिचयपत्र रद्द वा स्थगन गर्नुपर्छ । वास्तविक गरिब परिवारले पाउने गरी वितरण व्यवस्था मिलाइयोस्,’ उनले भने । अधिकारीको वडामा गरिब परिचयपत्र पाउनेको सूचीमा ६० प्रतिशत भन्दा बढी गरिबीको रेखा माथिका नागरिक छन् ।

‘मेरो वडामा इँटा उद्योगी, १० बिघाका जग्गाधनी, २० वर्षसम्म अधिकृतस्तरको सरकारी जागिर खाएका र हाल पनि बहालमै रहेकाहरूको नाम अति गरिब परिचयपत्रमा आएको छ,’ वडाध्यक्ष अधिकारीले भने, ‘साँझ र बिहानको छाक कसरी टार्ने भन्ने समस्यामा गुज्रिरहेका गरिब परिवारको परिचयपत्र आएको छैन ।
कान्तिपुरबाट

Logo