धादिङ

गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आइतबार ३५ जना बिरामी परेका छन् । "/>

न्वारनको भोज खाँदा ३५ जना बिरामी

न्वारनको भोज खाँदा ३५ जना बिरामी

केन्द्रबिन्दु
0
Shares

धादिङ

गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आइतबार ३५ जना बिरामी परेका छन् । गाउँकै अनिल चेपाङका छोरीको न्वारनको भोज खाएपछि नातेदार र छरछिमेक बिरामी परेको विजय चेपाङले टेलिफोनबाट जानकारी दिए ।

भोज खाएपछि वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने तथा केही मानिस भने डर लागेको बताउने, रुने, कराउने गरिरहेको उनले जानकारी दिए । न्वारनको भोज खान करीब १०० जना जम्मा भएका थिए । शुरुमा पुरोहित शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीरसिं चेपाङले खाना खाएका थिए । खाना खाएपछि उनीहरुले सामान्य रिंगटा लागेको बताएका थिए ।

भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी राखिएको थियो । सगुनका रुपमा जाँड र रक्सी समेत राखिएको वीरसिं चेपाङले बताए ।

बिरामीलाई गाउँमै प्राथमिक उपचार गरिरहेको र आवश्यक परेमा अस्पताल लगिने तयारी भइरहेको वडाध्यक्ष सुरेन्द्र चेपाङले जानकारी दिए । घटनास्थल पृथ्वी राजमार्गको आदमघाटबाट पाँच घण्टाको पैदल दूरीमा पर्छ ।
रासस

Logo