काठमाडौं

राजधानी काठमाडौंमा मात्रै गर्भपतन सेवा लिनेहरुको संख्या वार्षिक १२ हजार नाघेको छ । "/>

राजधानीमा मात्रै गर्भपतन सेवा लिनेहरु वार्षिक १२ हजार भन्दा वढी

राजधानीमा मात्रै गर्भपतन सेवा लिनेहरु वार्षिक १२ हजार भन्दा वढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राजधानी काठमाडौंमा मात्रै गर्भपतन सेवा लिनेहरुको संख्या वार्षिक १२ हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांक अनुसार चालू आर्थिक वर्षको शुरुको १० महिनामा ८ हजार ७ सय ८० जनाले गर्भपतनको सेवा लिएका छन् । ललितपुर जिल्लामा करिब ३ हजारले यो सुविधा लिएका छन् । मुलुकभरको तथ्यांक हेर्ने हो भने यो संख्या वार्षिक २५ हजार नाघ्न सक्छ ।

यसै गरी रेकर्डविना लुकिछिपी गर्भपतन गराउनेको संख्या पनि उल्लेख्य छ । खास गरी अविवाहित, एकल महिला र लोग्ने विदेश गएको अवस्थामा रहेको गर्भ लुकिछिपी पतन गराउनु पर्ने सामाजिक बाध्यता छ । करिब ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । यो अनुमानलाई हेर्ने हो भने मुलुकमा वर्षभरि ५० हजार गर्भपतन हुने गरेको छ । यो निकै संवेदनशील र गम्भीर कुरा हो ।

गर्भपतनले कानुनी मान्यता पाएको १६ वर्ष बितेको छ भने गर्भपतन सेवा शुरु भएको १४ वर्ष बितेको छ । करिब अढाइ दशक अघि गर्भपतन सम्बन्धी कानुन निर्माण गर्ने बहसका क्रममा निकै ठूलो विवाद उत्पन्न भएको थियो । अहिले पनि यो विवाद कायमै छ । परम्परावादी शक्तिले यसको विरोध गरिरहेको छ । विगत डेढ दशकको अनुभवलाई हेर्ने हो भने कानुनलाई दोष दिने ठाउँ छैन तर व्यवहारतः केही कमजोरी भएका छन् । ती कमजोरीलाई सुधार्न जरुरी छ ।

वार्षिक ५० हजार शिशुको जन्म रोकिनु भनेको जनसंख्या नियन्त्रणका दृष्टिले निकै ठूलो उपलब्धि हो । गर्भपतनले कानुनी मान्यता नपाएको भए हरेक वर्ष अहिलेको भन्दा ५० हजार जनसंख्या थपिने रहेछ । एक अध्ययनका अनुसार सन् १९९५ मा प्रतिएक लाख जीवित जन्ममा मातृ मृत्युदर ५ सय ८० रहेकोमा यो संख्या सन् २०१३ मा आइपुग्दा १ सय ९० मा झरेको थियो । तर गर्भपतन सेवा लिने मध्ये करिब २५ प्रतिशत १८ वर्ष भन्दा कम उमेरका किशोरीहरु भएको डरलाग्दो तथ्यांक पनि छ । त्यसमा पनि धेरैजसो कक्षा ११ र १२ पढ्ने किशोरीहरु छन् ।

यसको मतलब हो गर्भपतनले कानुनी मान्यता पाइसकेपछि अवैध यौनसम्पर्क गर्ने क्रम बढेको छ । नेपाली समाज अवैध यौनसम्पर्कको मामिलामा निकै कडा छ । अवैध यौनसम्पर्कलाई नेपाली समाजले निकै ठूलो अपराधका रुपमा हेर्ने गर्छ । वर्षमा ५० हजार गर्भपतन हुनु र त्यसमध्ये २५ प्रतिशत किशोरीहरुले गर्भपतन गराउनु भनेको नेपाली समाज अवैध यौन स्वच्छन्दातातर्फ गइरहेको संकेत हो ।
नेपाल समाचारपत्रबाट

Logo