बाजुरा

बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार ६ वर्षदेखि गाउँ निकालाको उत्पीडन सहन बाध्य छ । "/>

दलितलाई पानी खुवाउँदा ६ वर्ष देखि गाउँबाहिर !

दलितलाई पानी खुवाउँदा ६ वर्ष देखि गाउँबाहिर !

केन्द्रबिन्दु
0
Shares

बाजुरा

बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार ६ वर्षदेखि गाउँ निकालाको उत्पीडन सहन बाध्य छ । साबिकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा ०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै व्यवहार गर्न थालेपछि उनले गाउँ छाडे ।

‘गाउँमा बस्न नपाए केही छैन, छोराहरूसँग पनि बस्न नपाउँदा मन पोल्छ,’ गाउँ बाहिर बस्नुपर्दाको अमिलो मन सम्हाले पनि गहभरी आँसु पार्दै ६० वर्षीया जयलाल बुढाले भने, ‘मान्छेलाई पानी खुवाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो त ?’ उनका तीन छोराबुहारीहरू उनी भन्दा टाढा छन् । छोराबुहारीलाई पुरानो घरमा छाडेर उनी गाउँबाहिर छन् ।

‘जीवन डुब्न लागेको बेला आफन्तको सहारा चाहिन्थ्यो, यही समयमा छोराहरूसँग बस्दा उनीहरू पनि अछूतको आरोप खेप्न बाध्य हुन्छन् कि भन्ने पीर लाग्छ, उनीहरू पनि यहाँ आउँदैनन्,’ उनले भने । सदरमुकाम देखि तीन दिनको पैदल दूरीमा रहेको उक्त गाउँपालिकामा यस्ता विषयको निर्णय ठालू (मुखिया) ले लिन्छन् । अहिले यस्ता समस्या वडा कार्यालय र गाउँपालिकामा पुग्छन् ।

जिल्लामा केही वर्ष अघि सम्म दलितको हातको पानी खायो वा दलित केटीसँग विवाह ग¥यो भने उसलाई डुमियो (अछूत) भन्ने आरोप लगाएर गाउँ निकाला गर्ने चलनको सिकार भए बुढा । उनले पुख्र्यौली बस्ती छोडे । यसरी बस्ती छाड्ने र जात नै परिवर्तन गर्नेहरू गाउँमा मनग्गे छन् । ‘मेरी घरवालीले कवाडीमा बस्दा दलितको हातको पानी खाएको र हामी बस्ने घरको भुइँको तलामा दलित आएको र पानी खाएको देखेपछि गाउँले त्यो दलित केटासँग सल्केको आरोप लगाएर गाउँ छोड या स्वास्नी छोड भने तर मैले गाउँ छोडे,’ उनले भने ।
राजधानीबाट

Logo