चैनपुर

सामाजिक कुरीतिका रूपमा जरा गाडेको छाउपडी कुप्रथाका लागि एनजीओहरूले गरेका कार्यक्रम प्रभावहीन भएका छन् । "/>

छाउ सचेतना कार्यक्रम प्रभावहीन : बझाङ्गमा मात्र १५ सय भन्दा बढी छाउगोठ

छाउ सचेतना कार्यक्रम प्रभावहीन : बझाङ्गमा मात्र १५ सय भन्दा बढी छाउगोठ

केन्द्रबिन्दु
0
Shares

चैनपुर

सामाजिक कुरीतिका रूपमा जरा गाडेको छाउपडी कुप्रथाका लागि एनजीओहरूले गरेका कार्यक्रम प्रभावहीन भएका छन् । जिल्लामा सरकार तथा गैरसरकारी निकायले आफ्नो कार्यप्रगतिका लागि छाउगोठ भत्काएर छाउपडी मुक्त गरेको घोषणा गरे पनि त्यो प्रभावकारी हुन नसकेको हो । एनजीओले छाउपडीमुक्त गरेका ठाउँमा फेरि महिला छाउ गोठमा बसिरहेका छन् । पछिल्लो चरणमा गाउँपालिकाले छाउगोठ भत्काउने अभियान चलाए पनि भत्काएका गोठमा पुनः महिला बसेका उदाहरण देखिन थालेका छन् ।

गत वर्ष खप्तड छान्ना गाउँपालिकाको माझीगाउँलाई संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष कार्यक्रम यूएनएफपीएले छाउगोठ मुक्त गर्न महिला तथा बालबालिका कार्यालयसँग मिलेर धेरै स्थानमा छाउगोठ भत्काएको थियो । सय भन्दा बढी छाउगोठ रहेको माझीगााउँमा ५० गोठ जति भत्काएर छाउगोठ मुक्त गाउँ घोषणा गरेको थियो । ‘अहिले छान्नामा पनि छाउपडी कुप्रथा हटेको छैन, झन् छाउगोठ सुधार हुँदै छन्’, स्थानीय पार्वती जोशीले भनिन् ।

केही पढेलेखेका महिला किशोरीले छाउपडी कुप्रथा सुधार गर्नुपर्छ भनेर तालिममा भन्ने गरे पनि यो प्रथा सुधार हुन धेरै समय लाग्ने उनले बताइन् । यसको सुधारका लागि वडा वडामा महिला समूह गठन गर्नुपर्ने र महिलालाई नै जनचेतना दिनुपर्ने उनको भनाइ छ ।

‘सरकारी र गैरसरकारी निकायलाई देखावटी गर्न छाउगोठ भत्काएर मात्र छाउपडी कुप्रथा अन्त हुँदैन, यसका लागि आममहिलालाई यसको असर प्रभाव र कानुनी उपचारबारे पनि जानकारी दिनुपर्छ’, उनले भनिन् । अझै गाउँठाउँमा कुलदेवताको पूजाआजा गर्ने प्रचलन भएकाले पनि छाउपडी कुप्रथा हटेको छैन । अहिले सम्म जिल्लामा १५ सय भन्दा बढी छाउगोठ रहेको तथ्यांक छ ।
अन्नपूर्णबाट

Logo