महोत्तरी

जातीय विभेद र छुवाछुत गरेको भन्दै जिल्ला अदालत महोत्तरीले पीडकलाई ६ महिना कैद र १० हजार जरिवाना सहित ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको छ । "/>

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

केन्द्रबिन्दु
0
Shares

महोत्तरी

जातीय विभेद र छुवाछुत गरेको भन्दै जिल्ला अदालत महोत्तरीले पीडकलाई ६ महिना कैद र १० हजार जरिवाना सहित ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको छ । बर्दिवास वडा नम्बर–४ स्थित सार्वजनिक धारामा पानी छोएको निहुँमा दलित महिलालाई कुटपिट र दुर्व्यबहार गर्दै जातीय विभेद र छुवाछुत गरेको ठहर गर्दै जिल्ला अदालत महोत्तरीले स्थानीय कमला गिरीलाई ६ महिना कैद, १० हजार जरिवाना र पीडित बृद्धिमाया विश्वकर्मा र मनिषा विश्वकर्मालाई २५/२५ हजारको दरले क्षतिपुर्ति समेत भराउने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन २०६८ को दफा ३ बमोजिमको र दफा ४ (३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरिको हकमा सो फैसला सुनाएको हो ।यसका साथै कमला गिरिका १६ वर्ष नपुगेका नावालक नातेदारको हकमा विचार गरेर उनको उमेर अवस्था र वारदातमा रहेको भुमिकालाई देखेर प्रतिवादी कमला गिरिलाई सजायँ भएकोमा नावालाकलाई आधा सजायँ ठहर हुने फैसला गरिएको छ ।

दोस्रो प्रतिवादी नावालक रहेकोले ठहर भएको कैद सजायँ नीजले यस्तै प्रकृतिको अर्को कसुर एक वर्ष भित्र गरेमा प्रस्तुत कैद सजायँ समेत गाभेर सजायँ कार्यान्वय गर्ने गरि बालबालिका सम्बन्धि ऐन २०४८ को दफा ५०(२) वमोजिम सजायँ स्थगन गर्ने फैसला भएको र नीजलाई ५ हजार जरिवाना हुने भएकोले सो जरिवाना उनको अभिभावकसंग असुल उपर गरिने फैसला भएको जिल्ला अदालत महोत्तरीका स्रेस्तेदार रामानन्द प्रसाद अधिकारीले बताए।

२०७५ वैशाख १५ गतेका दिन धारामा पानी छोएको आरोपमा स्थानीय बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनिषा विश्वकर्मालाई कुटपिट एवं गालीगलौजको घटना भएको थियो । सो दिन साँझ साँढे ५ बजेको समयमा धारामा पानी छोएको निहुँमा कमला गिरि र उनको नातेदारले बर्दिबास नगरपालिका—४ माइस्थान स्थित भब्सीको हवलदार टोलमा बुद्धिमाया तामाङ्गकी छोरी मनिषा विश्वकर्मालाई गालि गलौज गर्नुका साथै कुटपिट गरेका थिए । कमला गिरिकी नातेदारले पानी भरिरहेकै समयमा वुद्धिमायाकी छोरी मनिषा पनि धारामा पानी लिन गाग्रो बोकेर पुगेकी थिइन् । त्यस क्रममा स्थानीय मनिषाले धाराको पक्का छोइदिएको भन्दै गिरिको नातेदारले जातीय रूपमा होच्याउने गाली गरिन् ।
नागरिकबाट

Logo