सुर्खेत

महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छिन् । "/>

सँगै सुतेकी साथीकै मिलेमतोमा छाउगोठमा बलात्कार : अनुसन्धान

सँगै सुतेकी साथीकै मिलेमतोमा छाउगोठमा बलात्कार : अनुसन्धान

केन्द्रबिन्दु
0
Shares

सुर्खेत

महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छिन् । प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवती माथि सामूहिक बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए ।

‘निर्मला महिनावारी भएकाले पीडित युवती उनको साथी बस्न छाउगोठमा गएकी हुन् ’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट निर्मलाकै योजनामा उनी माथि सामूहिक बलात्कार भएको पाइएको छ ।’

प्रहरीका अनुसार राति साँढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा आएका थिए । त्यतिबेला पीडित युवती सुतेकी थिइन् । निर्मला पदमसँग बाहिर निस्किन् । जनक र चेतनले सुरुमा बलात्कार गरे । ‘निर्मला, उनका दाई जनक, चेतन र पदम समेतको संलग्नता, मिलेमत्तो र योजनामा बलात्कार घटना भएको पाइएको छ’ प्रवक्ता शर्माले भने, ‘हामीले सोही अनुसार जाहेरी लिएर अनुन्धान प्रक्रिया अघाडि बढाएका छौं।’

प्रहरीका अनुसार छाउगोठ निर्मलाको घर देखि १० मिटर टाढा छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ मा आइतबार राति १५ वर्षीया किशोरी माथि सामूहिक बलात्कार भएको थियो । प्रहरीका अनुसार पीडित किशोरीको यौनाङ्ग च्यातिएको छ । उनको अस्पतालमा उपचार भइरहेको छ ।
नागरिकबाट

Logo