ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे

जिल्लाको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने आउने क्रम जारी छ । "/>

समाचार प्रभावः व्लड क्यान्सर पीडित रुपालाई कोरियाबाट १ लाख वढी आर्थिक सहयोग

समाचार प्रभावः व्लड क्यान्सर पीडित रुपालाई कोरियाबाट १ लाख वढी आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे

जिल्लाको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने आउने क्रम जारी छ । आजै मात्र मण्डनदेउपुरबाट कोरियामा रहेका भाईहरुले सहयोग संकलन गरि पठाएको नगद १ लाख ६ हजार ५१० रुपैयाँ रुपाको परिवारलाई हस्तान्तरण गरिएको छ । त्यहाँ रहेका दर्जनौं साथीहरुले उक्त रकम सहयोग गरेका कोरियाबाट कृष्णहरि कुँवरले जानकारी दिए । त्यहाँ अभियानलाई अझै निरन्तरता दिइएको र आगामी दिनमा संकलन हुने रकम केहि दिनमा पठाइने पनि कुँवरले बताए ।

उपचारका लागि ठूलो रकम आवश्यक पर्ने अस्पतालले जनाए पछि उनका लागि सहयोग जुटाउन थालिएको हो । पहिलो पटक उनको उपचारमा आर्थिक अभाव सम्बन्धि समाचार केन्द्रविन्दु डटकममा जेठ ८ गते प्रकाशित भएपछि देश विदेशबाट उनको उपचारका लागि सहयोग जुट्न थालेको विरामी रुपाका दाजु दिपक तिवारीले जानकारी दिएका छन् । उनका अनुसार हाल सम्म करिव ३ लाख ५० हजार संकलन भएको छ । तर अस्पतालले रुपाको उपचारका लागि करिव २० लाख लाग्ने बताएको छ । यसका लागि अझै ठूलो रकम आवश्यक रहेकाले परिवार चिन्तित छ ।

हाल सम्म स्थानियस्तरमा कुन्तावेसिमा सहयोग संकलन भइरहेको छ । लिला नेपाल र राधिका ढकालको सहयोग अभियानमा ३२ हजार संकलन भएको छ । कुन्तावेसिमै पनि अन्य सहयोग जुट्नेक्रम शुरु भएको छ । देवेन्द्र तिवारीको पहलमा करिव १२ हजार संकलन भएको छ भने ज्ञानमणि नेपालको सक्रियतामा १९ हजार ८३५ सहयोग हस्तान्तरण गरिएको छ । उनलाई व्यक्तिगत रुपमै सहयोग गर्नेहरु पनि वढेका छन् भने भकुण्डेवेसिमा कल्याण अधिकारीले पनि नगद १५ हजार सहयोग जुटाउनु भएको छ । त्यस्तै देवेन्द्र श्रेष्ठले ४३१५, रोशन सापकोटाले १८००, हरिभक्त शाहिले ५००० , भक्त बहादुर लामाले १०००, मन्दिरा सापकोटाले २१००, रिया नेपालले १५००, भण्डारी बन्धु समाजले ५००० र  हरि प्रसाद तिवारीले ३००० आर्थिक सहयोग गर्नु भएको छ ।

श्री उमाशह शिक्षालयबाट २७ हजार ८८०, फलाँटे निवासी शान्ति थापाको अभियानबाट २६ हजार र पलान्चोकबाट गणेश पौडेलको संकलनमा ३५ हजार ५७५ सहयोग प्राप्त भएको छ । यता अष्ट्रेलियाबाट पनि सहयोग जुटाउन थालिएको खबर आएको छ । आर्थिक संकलन शुरु भएको र आउने क्रम जारी रहेकाले कति उठ्यो अहिले ठ्याक्कै भन्न सकिने अवस्था भने छैन । अहिले उनको राजधानीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विरामी रुपाका दाई दिपक तिवारीले दिएको जानकारी अनुसार रुपाको उपचारका लागि अहिले २० लाख जति लाग्ने अस्पतालले जनाएको छ । सहयोग गर्न चाहनु हुने दाताहरुले उनको मोबाइल नं ९८४९०९९३६२ मा सम्पर्क गर्न वा माछापुछ्रे बैंक न्युरोड शाखामा रहेको रुपाका दाई देवेन्द्र तिवारीको खाता नं. २१४९५२४६१९१६६०१३ मा रकम जम्मा गर्न सकिने छ ।

 

Logo