दाङ

पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका – ३ र ४ मा महामारीका रुपमा गत शनिबार देखि झाडापखाला फैलिनाको मुख्य कारण पानीको मुहान दूषित हुनु भएको पुष्टि भएको छ । "/>

दाङमा झाडापखालाको महामारीः प्रमुख कारण कोलिफर्म

दाङमा झाडापखालाको महामारीः प्रमुख कारण कोलिफर्म

केन्द्रबिन्दु
0
Shares

दाङ

पश्चिम दाङको शान्तिनगर गाउँपालिकाका – ३ र ४ मा महामारीका रुपमा गत शनिबार देखि झाडापखाला फैलिनाको मुख्य कारण पानीको मुहान दूषित हुनु भएको पुष्टि भएको छ । सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएको छ । दिसापिसाबमा पाइने सो जीवाणु मुहानमा भेटिएपछि मुहान असुरक्षित रहेको पुष्टि भएको छ ।

यसैबीच सोमबार बिहान ९ बजेपछि ३१४ झाडापखालाका बिरामी चिराघाट स्वास्थ्य केन्द्रमा उपचारका लागि पुनः आएका छन् । यहाँ झाडापखालाबाट प्रभावित हुने एक हजार ४४१ जना छन् । आएका बिरामी मध्ये दुई जनालाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पठाइएको छ भने १० जना बिरामीको चिराघाटमा उपचार भइरहेको छ । अन्य बिरामी उपचारपछि घर फर्केका छन् । झाडापखाला नियन्त्रणका लागि व्यापक सचेतना अपनाइएको छ ।

मुहानको पानी पूर्णरुपमा बन्द गरिएको छ । प्रभावितलाई तुलसीपुरबाट ट्याङ्करमा पानी लगेर वितरण गरिएको छ । अहिले पनि प्रभावित क्षेत्रमा नेपाली सेना र चिकित्सक टोली औषधिसहित राखिएका छन् । तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका १० र आजका दुई बिरामीको उपचार भइरहेको छ । सिटी अस्पताल तुलसीपुरमा पनि १० बिरामी उपचाररत छन् ।
रासस

Logo