ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे
काभ्रेको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने अभियान शुरु गरिएको छ । "/>

समाचार प्रभावः मण्डनदेउपुरकी व्लड क्यान्सर पीडित रुपालाई आर्थिक सहयोग

समाचार प्रभावः मण्डनदेउपुरकी व्लड क्यान्सर पीडित रुपालाई आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे
काभ्रेको मण्डनदेउपुर ९ की व्लड क्यान्सर विरामी रुपा तिवारीलाई आर्थिक सहयोग जुटाउने अभियान शुरु गरिएको छ । उपचारका लागि ठूलो रकम आवश्यक पर्ने अस्पतालले जनाए पछि उनका लागि सहयोग जुटाउन थालिएको हो । पहिलो पटक केन्द्रविन्दु डटकमले उनको उपचारमा आर्थिक अभाव सम्बन्धि समाचार प्रकाशित गरेपछि देश विदेशबाट उनको उपचारका लागि सहयोग जुट्न थालेको विरामी रुपाका दाजु दिपक तिवारीले जानकारी दिएका छन् ।

हाल सम्म स्थानियस्तरमा कुन्तावेसिमा सहयोग संकलन भइरहेको छ । यहाँ करिव १५ हजार रकम उठेको छ । लिला नेपाल र राधिका ढकालको सहयोग अभियानमा बनेपाबाट ३२ हजार संकलन भएको छ । कुन्तावेसिमै पनि अन्य सहयोग जुट्नेक्रम शुरु भएको छ । देवेन्द्र तिवारीको पहलमा करिव १२ हजार संकलन भएको छ भने ज्ञानमणि नेपालको सक्रियतामा १२ हजार संकलन भएको छ । उनलाई व्यक्तिगत रुपमै सहयोग गर्नेहरु पनि वढेका छन् भने भकुण्डेवेसिमा कल्याण अधिकारीले पनि सहयोग जुटाउन शुरु गर्नु भएको खबर प्राप्त भएको छ । त्यस्तै देवेन्द्र श्रेष्ठले ४३१५, रोशन सापकोटाले १८००, हरिभक्त शाहिले ५००० , भक्त बहादुर लामाले १०००, मन्दिरा सापकोटाले २१००, रिया नेपालले १५००, भण्डारी बन्धु समाजले ५००० र हरि प्रसाद तिवारीले ३००० आर्थिक सहयोग गर्नु भएको छ । 

उता कोरियामा रहेका काभ्रेका युवाहरुले पनि सहयोग रकम जुटाउन सक्रिय रहेको त्यहाँबाट कृष्णहरि कुँवरले जानकारी दिएका छन् । अष्ट्रेलियाबाट पनि सहयोग जुटाउन थालिएको खबर आएको छ । आर्थिक संकलन भर्खरै शुरु भएको र आउने क्रम जारी रहेकाले कति उठ्यो अहिले ठ्याक्कै भन्न सकिने अवस्था भने छैन । अहिले उनको राजधानीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विरामी रुपाका दाई दिपक तिवारीले दिएको जानकारी अनुसार रुपाको उपचारका लागि अहिले २० लाख जति लाग्ने अस्पतालले जनाएको छ । सहयोग गर्न चाहनु हुने दाताहरुले उनको मोबाइल नं ९८४९०९९३६२ मा सम्पर्क गर्न वा माछापुछ्रे बैंक न्युरोड शाखामा रहेको देवेन्द्र तिवारीको खाता नं. २१४९५२४६१९१६६०१३ मा रकम जम्मा गर्न सकिने छ ।

Logo