रौतहट

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजायँ सुनाएको छ । "/>

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

केन्द्रबिन्दु
0
Shares

रौतहट

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजायँ सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले रौतहटको कटहरिया नगरपालिका–१, हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियाविरुद्ध ५२ वर्ष कैद सजायँको फैसला गरेको हो । रौतहट जिल्ला अदालतले सबैभन्दा बढी लामो समयको कैद फैसला गरेको यो सम्भवतः पहिलो घटना भएको बताइन्छ ।

बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजायँ सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ । चौरसियाले गत ०७३ भदौ १० गते राति मौलापुर नगरपालिकाको मर्यादपुरस्थित आफ्नै घरमा सुतिरहेकी ६ वर्षीया बालिकालाई अपहरण गरी लालबकैया नदी किनारमा लगेर बलात्कारपछि हत्या गरेका थिए । उनले हातखुट्टा भाँची बालिकालाई नदीमा फालेका थिए ।

चौरसिया पेशेवर बलात्कारी र हत्यारा भएको पुष्टि भएको अदालतले जनाएको छ । चौरसियाविरुद्ध अपहरण, बलात्कार र हत्याका अन्य मुद्दा पनि अदालतमा विचराधीन रहेको अदालत स्रोतले जानकारी दिएको छ । २०७३ असार २७ गते पनि मर्यादपुर गाविस–१, लालबकैया नदी किनारमा ७ वर्षीया एक बालिकाको शव फेला परेको थियो । ती बालिकालाई पनि चौरसियाले नै बलात्कारपछि हत्या गरेको मुद्दा परेको छ ।
नागरिकबाट

Logo