हेटौंडा

तिघ्रामा लुकाएर ल्याइएको १० किलो चरेश सहित प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । "/>

महिलाको तिघ्रामा १० किलो चरेसः दुई जना पक्राउ

महिलाको तिघ्रामा १० किलो चरेसः दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

तिघ्रामा लुकाएर ल्याइएको १० किलो चरेश सहित प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट संयुक्त रुपमा खटिएको प्रहरीले हेटौंडा–१ स्थित सडकखण्डमा पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख २८३१ नम्बर यात्रुबाहक बसका यात्रीबाट चरेश बरामद गरेको हो ।

बसका यात्री बीरगञ्ज–१६ बस्ने वर्ष ५५ कि उमादेवी पटेल र वर्ष ३५ कि आशादेवी पटेलको शरीर खानतलासी गर्दा उनीहरुले कपडाको थैली बनाएर कम्मर र तिघ्रामा एङ्लेटभित्र लुकाइ ल्याएको चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले हेटौंडा–१० स्थित सडकखण्डमा बीरगञ्जबाट बेनी–बाग्लुङतर्फ जाँदै गरेको ना ४ ख ७४२० नम्बर यात्रुबाहक बसका यात्री चितवनको राप्ति–८ बस्ने वर्ष ३१ का सागर शर्मा फुँयालले गुप्तांगमा पेन्टी भित्र लुकाइ ल्याएको डाइजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र ब्युनोर्फिन १८ एम्पुल पनि बरामद गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo