काठमाडौँ

गर्भपतन गराएर उम्कन पाउँछु भन्ने सोच्नु भएको त छैन ? तपाईंले यस्तो कार्य गरे ५ वर्ष सम्म कैद बस्नु पर्नेछ भने ५० हजार सम्म जरिवाना तिनु पर्नेछ । "/>

गर्भपतन गराउँदै हुनुहुन्छ ? ५ वर्ष सम्म जेल बस्नुपर्ला है !

गर्भपतन गराउँदै हुनुहुन्छ ? ५ वर्ष सम्म जेल बस्नुपर्ला है !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गर्भपतन गराएर उम्कन पाउँछु भन्ने सोच्नु भएको त छैन ? तपाईंले यस्तो कार्य गरे ५ वर्ष सम्म कैद बस्नु पर्नेछ भने ५० हजार सम्म जरिवाना तिनु पर्नेछ । मुलुक अपराध (संहिता) ऐन, २०७४ ले १२ हप्ता सम्मको गर्भ भए १ वर्ष सम्म कैद र १० हजार रुपियाँ सम्म जरिवाना, १२ हप्ता भन्दा बढी २५ हप्ता सम्मको गर्भ भए ३ वर्ष सम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना र २५ हप्ता भन्दा बढीको गर्भ भए ५ वर्ष सम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ । तर यो कानुन आगामी भदौ १ गतेबाट लागू हुनेछ ।

परिच्छेद १३ को दफा १ सय ८८ मा भएको यो ऐनले कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन नहुने व्यवस्था गरेको छ । गर्भपतन गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मने र त्यसको परिणामस्वरूप जन्मिएको बच्चा तत्काल मरेमा यस दफाको प्रयोजनका लागि गर्भपतन गराएको मानिनेछ ।

गर्भवती महिलाको ज्यान लिने उद्योग गर्दा त्यस्ती महिला नमरी निजको गर्भमा रहेको २५ हप्ता वा २५ हप्ता भन्दा बढी अवधिको गर्भ पतन हुन गएमा सो काम गर्ने कसुरदारलाई यस ऐन वा अन्य कानुन बमोजिमको सजायँमा थप ५ वर्ष कैद हुनेछ । गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्ने वा गराउनेलाई ३ महिना देखि ६ महिना सम्म कैद हुनेछ ।

तर गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराए, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले गर्भपतन गराएमा, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्ता सम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गराएमा गर्भपतन भएको मानिने छैन ।
नेपाल समाचारपत्रबाट

Logo