काठमाडौँ

टोल छिमेकमा हेर्दा स्वस्थ देखिएको व्यक्ति समेत आत्महत्या गरेको या सानै कुरामा आत्महत्या गर्न खोजेको खवर दैनिक जसो सुन्छौं । "/>

एक दिनमै १४ जना नेपालीले गर्छन् आत्महत्या !

एक दिनमै १४ जना नेपालीले गर्छन् आत्महत्या !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

टोल छिमेकमा हेर्दा स्वस्थ देखिएको व्यक्ति समेत आत्महत्या गरेको या सानै कुरामा आत्महत्या गर्न खोजेको खवर दैनिक जसो सुन्छौं । सलक्क देखिने व्यक्तिहरु नै आत्महत्या गर्नुको कारण भने मानसिक रोग नै भएको सरोकारवाला संस्थाले औल्याएको छ । पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगसंगै आत्महत्याको दर पनि बृद्धि हुँदै गएको सिएमसी (मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र) नेपालले जनाएको छ ।

सोमवार राजधानीमा संस्थाको प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा बिभिन्न मानसिक रोगको अवस्था बढ्दै गइरहेको जनाएको छ । नेपाल प्रहरीको गत बर्षको तथ्याकं अनुसार ५ हजार ९ सय २४ जनाले आत्महत्या गरेका छन् । बिगत चार बर्ष देखि यता १३ प्रतिशतको दरले आत्महत्या बढेको छ । यो हिसावले एक दिनमा १२ देखि १४ जनाले आत्महत्या गर्छन् ।

पछिल्लो समय नेपालमा बढ्दो मानसिक रोगको कारण नै यो दर बढेको सिएमसी नेपालका उपाध्यक्ष तथा बरिष्ठ मानसिक रोग बिशेषज्ञ डा.सरोज ओझाले बताए । ‘केही रोग नभए जस्तो देखिनेले आत्महत्याको प्रयास गरेको हुन्छ, तर उनीहरु कडा मानसिक रोगको शिकार हुन्छन्’ उनले भने । डिपे्रशन तथा कडा मानसिक रोग भएकाहरुले आत्महत्या गर्नेमा पर्छन् । मानसिक रोगको कारण आत्महत्याको कारण मृत्यु हुनेमा बढी पुरुष र आत्महत्या प्रयास गर्नेमा महिला बढी छन् । आत्महत्या गरेर जीवन समाप्त पार्नेमा ९० प्रतिशत मानसिक स्वास्थ्य समस्याका भएको सिएमसीले जनाएको छ ।

पछिल्लो तथ्याकं अनुसार नेपालमा ५५ लाख मानिसमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या छ । सिएमसीले उपचार गरेका ४९ हजार १२ जना मध्येमा ४० प्रतिशतमा चिन्ताजन्य समस्या, २६ प्रतिशतमा डिपे्रशन र बाँकीमा मानसिक असन्तुलन, कनभर्जन डिअर्डर पाइएको छ । जसमध्ये ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष छन् ।

केन्द्रको सुरक्षित परियोजना मनोसामाजिक सहयोग कार्यक्रमको प्रतिवेदन अनुसार ६० प्रतिशत महिलाका पति वैदेशिक रोजगारीमा गएका, २० प्रतिशत आमा, ५ प्रतिशत बालबालिका, ८ प्रतिशत व्यक्ति आफैं मानसिक रोगको शिकार भएका छन् । वैदेशिक रोजगारीको कारण सवै भन्दा बढी चिन्ताजन्य रोग ६४ प्रतिशत, डिपे्रशन २१ प्रतिशत रहेका छन् । विश्व स्वास्थ्य संगठनको सन् २०१७ को तथ्यांक अनुसार विश्वमा ३० करोडमा डिपे्रशन र २६ करोडमा चिन्ताजन्य समस्या छ । यसको कारण व्यक्तिको काम गर्ने क्षमतामा ह्रास आई करेक बर्ष १ ट्रिलिएन अमेरिकी डलर बराबर उत्पाकत्वमा ह्रास आएको छ ।
नागरिकबाट

Logo