काठमाडौँ

गोरखाकी ३२ वर्षीया पूर्णिमा विक र पर्सा ठोरीका ३० वर्षीय विजय तामाङ बीच मिस्त्री काम गर्ने सिलसिलामा टोखामा भेट भयो । "/>

यौन आवेग र मदिराले हत्याका घटना बढ्दै

यौन आवेग र मदिराले हत्याका घटना बढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गोरखाकी ३२ वर्षीया पूर्णिमा विक र पर्सा ठोरीका ३० वर्षीय विजय तामाङ बीच मिस्त्री काम गर्ने सिलसिलामा टोखामा भेट भयो । सात महिना देखि उनीहरू सँगसँगै बस्न थाले । पहिलो लोग्ने छाडेर एक्लै बस्दै गरेकी विकलाई तामाङले विवाह गर्ने भन्दै फकाएर सँगै राखेका थिए । तर पछिल्लो समय विक टोखास्थित डेरामा कहिले आउने र कहिले नआउने गरेपछि तामाङले शंकाका दृष्टिले हेर्न थाले । आइतबार विक एक भट्टीमा मदिरा पिइरहेकी थिइन् । तामाङ पनि त्यहाँ पुगे र दुवैले सँगै मदिरा पिए ।

तर एक्कासि विक भट्टीबाट बाहिर निस्कन थाल्दा तामाङले उनलाई रोक्न खोजे । भट्टीबाट टाढा धापासी हाइट करिडोरमा रहेको घरमा सँगै जाऊँ भनेर तामाङले विकलाई आग्रह गर्दा उनले मानिनन् । त्यसपछि नजिकै रहेको ढुंगाले तामाङले विकको टाउकामा हाने । मदिराले लठ्ठिएकी विक भुइँमा मूर्छा परिन् । मूर्छित विकलाई छाडेर तामाङ डेरा पुगेर खाना खाई सुते । राति नै प्रहरीले विक र तामाङको हुलिया लिएर खोजतलास सुरु गरे । सोमबार बिहान सदाझैं काममा जाने बेला प्रहरीले उनलाई पक्राउ गर्‍यो, विक हत्या आरोपमा । तामाङले विक हत्या सहजै स्विकारे ।

चैत २२ गते चितवनकी २२ वर्षीया रियाना अधिकारी र सल्यानका २६ वर्षीय गोपाल शर्माबीच बालाजु माछापोखरीमा भेट भयो । दुवै जना सँगै रात बिताउने भन्दै होटलमा पुगे । सँगै मिलेर मदिरा पिए । दुई हजार रुपैयाँ दिने सर्तमा शर्माले अधिकारीलाई यौनसम्पर्क प्रस्ताव राख्दा उनले मानिनन् । शर्माले काखमा राखेर गला थिचेर अधिकारीको हत्या गरे ।

यी केहि उदाहरण मात्र हुन् । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘अभियुक्तले ठूला योजना बुनेर हत्या गरेको देखिँदैन । सामान्य विवादमा कहीँ पैसा, कहीँ यौन र कहीँ मदिरा जोडिएका छन् । अभियुक्त पक्राउ परेपछि उसमा पछुतो बढी देखिन्छ ।’ मनोविद करुणा कुँवर सामान्य विवादमा हुने हत्या, बलात्कार जस्ता घटना एकअर्का बीच मञ्जुरीबिना हुने सम्बन्धका कारण उत्पन्न विवादले निम्त्याउने गरेको बताउँछिन् । सामान्य विवादमा हुने हत्यालाई आवेशप्रेरित घटनाका रूपमा लिनु पर्ने कुँवरले बताइन् ।
अन्नपूर्णबाट

Logo