भैरहवा

रुपन्देही जिल्लामा जबरजस्ती करणीका घटना बढ्दै गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा यहाँ एक सय ५६ वटा जबरजस्ती करणीका घटना भएका छन् । "/>

रुपन्देहीमा मात्र ३ वर्षयता एक सय ५६ बलात्कारका घटना

रुपन्देहीमा मात्र ३ वर्षयता एक सय ५६ बलात्कारका घटना

केन्द्रबिन्दु
0
Shares

भैरहवा

रुपन्देही जिल्लामा जबरजस्ती करणीका घटना बढ्दै गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा यहाँ एक सय ५६ वटा जबरजस्ती करणीका घटना भएका छन् । आर्थिक वर्ष २०७१,७२ देखि चालु आवको यस अवधि सम्म जबरजस्ती करणीका ९८ र जबरजस्ती करणी उद्योगका ५८ वटा घटना भएका छन् । हरेक वर्ष जिल्लामा बलात्कारजन्य अपराधका घटनाहरू पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।

प्रहरीले ३ वर्षको अवधिमा एक सय ५६ वटा बलात्कारजन्य घटना मध्ये एक सय ४३ वटा मुद्दा फर्छर्यौट भएको र १३ मुद्दा फछर्यौटका लागि प्रक्रियामा रहेको जनाएको छ । गत आव ०७२,०७३ मा जबरजस्ती करणीको २६ र करणी उद्योगका १५ गरी ४१ वटा बलात्कारजन्य अपराध घटेका छन् भने आव ०७३,०७४ मा जबरजस्ती करणीका ४३ र उद्योगको ३० गरी ७३ वटा र आव ०७४,०७५ को यस अवधिसम्म जबरजस्ती करणी २९ र उद्योगका १३ गरी ४२ वटा बलात्कारजन्य घटनाको मुद्दा दर्ता भएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

उनले घटनाको दोषीलाई कारवाही गर्नका लागि कडा सजायँ दिने गरी तिन महिने कार्ययोजना समेत ल्याउन लागिएको बताए । समाजिक सञ्जाल तथा अश्लिल भिडियोहरुले बालबालिकाहरु समेत अपराध गर्न उत्सुक भएकाले अपराध बढ्दै गएको संघीय प्रहरी इकाई भैरहवाका प्रमुख एसएसपी दिपक थापा बताउँछन् ।
अन्नपूर्णबाट

Logo