काठमाडौँ

वि.सं. २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा हिजो दीप प्रज्ज्वलन गरिएको छ । "/>

वर्ष भरि मरेका पशुलाई यसरी दिइयो श्रद्धान्जलि !

वर्ष भरि मरेका पशुलाई यसरी दिइयो श्रद्धान्जलि !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वि.सं. २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा हिजो दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धान्जलि प्रकट गरिएको थियो । नेपाल शाकाहारी संघ लगायत प्राणी कल्याण सम्बन्धी संस्थाको प्रयासमा काठमाडौंको रानीपोखरीस्थित सो¥हहाते गणेश अघि आयोजित सो कार्यक्रममा श्रद्धान्जलिको व्यहोरा सबैले बाचन गरेका थिए ।

चार वर्ष देखि आयोजना गरिँदै आएको सो कार्यक्रमका सहभागी तथा शाकाहारी अभियन्ता विकेश श्रेष्ठले संसार सबैको साझा घर भएको र आजको विश्वमा प्राणी माथिको हिंसा रोकिनु पर्ने बताए । कार्यक्रममा सञ्चारकर्मी रीता लिम्बुले भनिन् , ‘ढुंगे युग सकिएकाले अब हिंसाबिना बाँच्न सकिन्छ । मानव जातिले सबै प्राणी माथि गरेको हिंसाका लागि हामी लज्जित छौं । सोही कारण सबै प्राणी प्रति श्रद्धान्जली व्यक्त गर्न हामी उपस्थित भएका हौं ।’
रासस

Logo