बुटवल

दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीन महिने गर्भवती महिलालाई श्रीमान र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन् । "/>

दाइजो नल्याएको भन्दै तीन महिने गर्भवती घर निकाला

दाइजो नल्याएको भन्दै तीन महिने गर्भवती घर निकाला

केन्द्रबिन्दु
0
Shares

बुटवल

दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीन महिने गर्भवती महिलालाई श्रीमान र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन् । रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो । मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन् । माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिन देखि नै यातना पाएकी उनी सहनै नसक्ने भएपछि प्रहरीमा उजुरी दिएकी हुन् ।

‘बिहे गरेर घर आएको तीन दिनबाटै पिटाइ खाएकी हुँ’, उनले भनिन्, ‘सहनै नसक्ने भएपछि प्रहरीलाई खबर गरें ।’ मादकपदार्थ सेवन गर्ने श्रीमानले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ । बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन् । पहिलोपटक फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन उनी उजुरी बोकेर इलाका प्रहरी कार्यालय सालझण्डी पुगेकी थिइन् । आठौं पटक सम्म प्रहरी चौकीमा पुग्दा समेत उनले न्याय पाएकी छैनन् ।

कक्षा १० पढ्दै गर्दा बिहे गरेकी उनलाई घरबाटै निस्कन यस अघि देखि नै धम्की दिँदै आएका थिए । विदेशमा रोजगारी गर्ने श्रीमानले मदिरा खाएर अभद्र व्यवहार गर्दा परिवारका अन्य सदस्यले झन उस्काएपछि थप पीडामा परेकी हुन् । दुई दिन देखि आफन्तको घरमा आश्रय लिएकी उनले आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन माग गरेकी छन्।
अन्नपूर्णबाट

Logo