बाँके

प्रेमीको मायाजालमा फस्दा एक युवतीको कोठीमा नर्कको बाँस हुन पुगेको छ । भारतको आगरा काश्मिरी बजारमा रहेको एक कोठीबाट नुवाकोटकी एक युवतीलाई ४ अप्रिलका दिन उद्धार गरिएको थियो । "/>

प्रेमीको मायाजालले पुर्‍यायो कोठीको नर्कमा !

प्रेमीको मायाजालले पुर्‍यायो कोठीको नर्कमा !

केन्द्रबिन्दु
0
Shares

बाँके

प्रेमीको मायाजालमा फस्दा एक युवतीको कोठीमा नर्कको बाँस हुन पुगेको छ । भारतको आगरा काश्मिरी बजारमा रहेको एक कोठीबाट नुवाकोटकी एक युवतीलाई ४ अप्रिलका दिन उद्धार गरिएको थियो । आगरास्थित कोठीबाट उद्धार भएकी युवतीले आफू तीन वर्ष अघि युवकको मायाजालमा फस्दा कोठीमा बेचिएको बयान भारतीय प्रहरी समक्ष दिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए । युवतीले आफ्नो उमेर २४ वर्ष भएको बताएको उनले जानकारी दिए ।

‘उद्धार भएका अन्य महिलाले पनि सानै उमेरमा दलालको माया जालमा फसेर भारतीय कोठीमा बेचिएको बयान दिएका छन्,’ कोइरालाले भने, ‘यसले प्रेम जालमा पारेर नेपाली यूवतीलाई भारतीय कोठीमा बेच्ने गिरोह सक्रिय रहेको तथ्य खुलेको छ ।’ भारतीय प्रहरीको सहयोगमा माइती नेपालको टोलीले ५ जना नेपाली सहित ४ जना भारतीय महिलाको पनि उद्धार गरेको कोइरालाले बताए ।

उद्धार भएकाहरुमा सिन्धुपाल्चोक र नुवाकोटका दुई–दुई, र धादिङको एकजना रहेका छन् । अवैध रुपमा कोठी सञ्चालन गर्दै आएकी प्रिया दीपलाई नियन्त्रणमा लिएर आगरास्थित सिभिल कोर्टमा मुद्धा दायर गरिसकेको कोइरालाले बताए । बयानका लागि कोर्टमा हाजिर हुनु पर्ने भएकोले केही दिनका लागि आगरास्थित सेल्टरमा राखिएको उनले बताए । युवतीहरुलाई चाँडै नेपाल ल्याउने उनले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo