बागलुङ

उनको उमेर ७७ वर्ष भयो तर छोरो जन्माउने धोको अझै हटेन । छोराकै आशमा रहेका वृद्ध चक्रलाल छन्त्यालको छोराको बाबु बन्ने सपना यसपटक पनि पूरा भएन । "/>

छोराको आशामा ७७ वर्षमा छोरीलाई जन्म !

छोराको आशामा ७७ वर्षमा छोरीलाई जन्म !

केन्द्रबिन्दु
0
Shares

बागलुङ

उनको उमेर ७७ वर्ष भयो तर छोरो जन्माउने धोको अझै हटेन । छोराकै आशमा रहेका वृद्ध चक्रलाल छन्त्यालको छोराको बाबु बन्ने सपना यसपटक पनि पूरा भएन । छिमेकी जिल्ला बागलुङको दबाङखोला गाउँपालिकाका छन्त्यालकी श्रीमती वीरमतिले शुक्रबार गण्डकी मेडिकल कलेजमा छोरीलाई जन्म दिएकी छन् ।

काजक्रिया गर्दा छोरो नै चाहिने सामाजिक मान्यताले गर्दा आफूले छोरो जन्माउन चाहेको भए पनि छोरी नै जन्मेको उनले बताए । ‘छोरो पाउने त भनेको हो छोरी भई, ठीकै छ भगवानले जे दियो उही जाति ।’ छन्त्यालकी दोस्रो श्रीमती वीरमति ३९ वर्षकी छिन् ।

उनी बुर्तीवाङ र गण्डकी अस्पतालमा श्रीमती गर्भवती रहेका बेला परीक्षण गर्न गएका बेला डाक्टरलाई के छ भनेर सोधेका रहेछन् । ‘डाक्टरले जाँच्न मिल्छ तर भन्न मिल्दैन भने’, उनले भने– ‘पेटमा के छ भन्ने थाहा नै दिएनन् भन्न मिल्ने कानुन छैन भने ।’ चक्रलालकी श्रीमती वीरमतिले फोनमा भनिन्– ‘उहाँले त छोरा पाउने भन्नुहुन्थ्यो, छोरी भयो । ठीकै छ म त खुसी छु । जे भए पनि आफैंले जन्माएको त हो।’

भूतपूर्व भारतीय सेना छन्त्यालको पहिलो श्रीमतीबाट एउटी छोरी छन् । छोरी पनि ५१ वर्ष पुगिन् । छोरीका पनि दुई छोरी छन् । पहिलो श्रीमतीको पेटमा देखिएको समस्याका कारण मृत्यु भएपछि छन्त्यालले वीरमतिलाई विवाह गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo