धरान

पछिल्लो समय बलात्कार एवं महिला हिंसाको घटना वृद्धि हुँदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरू बलात्कार विरुद्ध सडकमा उत्रिएका छन् । "/>

बलात्कार विरुद्ध महिला र विद्यार्थीहरू सडकमा

बलात्कार विरुद्ध महिला र विद्यार्थीहरू सडकमा

केन्द्रबिन्दु
0
Shares

धरान

पछिल्लो समय बलात्कार एवं महिला हिंसाको घटना वृद्धि हुँदै गएको भन्दै धरानका विभिन्न कलेजका विद्यार्थीहरू बलात्कार विरुद्ध सडकमा उत्रिएका छन् । विद्यार्थीहरूले बलात्कारीलाई फाँसी दिन माग गर्दै शनिबार धरानमा दबाब एवं चेतनामुलक र्‍याली निकालेका हुन् ।

उनीहरूले बलात्कार र हिंसाबाट आफ्नै छोरीचेलीहरू असुरक्षित भएको भन्दै पुरुषले नै महिलाको सुरक्षामा जिम्मेवार बन्नु पर्नेमा जोडदिए । धरान १४ विजयपुरस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थीहरूको नेतृत्वमा बलात्कार र हिंसाविरुद्ध र्‍याली निस्केको हो । बलात्कारीलाई कडा कारबाहीको लागि दबाबमूलक निकालिएको र्‍यालीमा धरानको विरेन्द्र मेमोरियल कलेज र धरान उच्चमाविका विद्यार्थीहरू पनि सहभागी थिए ।

र्‍याली प्रविधि क्याम्पसबाट शुरु भएको थियो । लक्ष्मी चोक, छाताचोक हुँदै भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विद्यार्थीहरूसँगै धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी सहित महिला अधिकारकर्मीहरू पनि सहभागी थिए ।
नागरिकबाट

Logo