काठमाडौँ

नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्ष सम्म लिभिङ टुगेदरमा बसे । "/>

प्रहरीलाई पनि टाउको दुखाई बन्दैछ युवायुवती वीचको लिभिङ टुगेदर !

प्रहरीलाई पनि टाउको दुखाई बन्दैछ युवायुवती वीचको लिभिङ टुगेदर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्ष सम्म लिभिङ टुगेदरमा बसे । मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए । आर्थिकरूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले । सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए । शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले । अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन् । दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफू बीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त बताइन् । विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्‍यो ।

अर्जुन र शान्ति जस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए । कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ । खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए ।

अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम (नाम परिवर्तन) डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन् । उनले प्रहरीमा बुझाएको पैसा पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ । तर अहिले उनीसँग एक पैसा पनि छैन । पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन् । परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन् । एसएसपी पोखरेलका अनुसार श्यामका जस्तै समस्या लिएर दिनहुँ युवा प्रहरीमा धाउँछन् । उनले भने, ‘विदेश जाँदा एउटा सपना र खुसी हुन्छ, फर्किएपछि पीडा मात्रै देखिन्छ युवामा । यो समस्या अहिले जटिल बन्दै गएको छ ।’

अझ डरलाग्दो विषय त परपुरुषसँग शारीरिक सम्पर्क राखेर फोटो र भिडियो खिचेपछि बार्गेनिङका लागि बलात्कार गर्‍यो भन्ने घटना समेत अहिले काठमाडौंमा व्यापक देखिएको छ । प्रहरीका अनुसार गोंगबुस्थित एक गेस्ट हाउसमा जानकी र कौशल (नाम परिवर्तन) ले सहमतिमै यौनसम्पर्क राखे । उनीहरू दुवैको जीवनसाथी भने फरक फरक छन् । आफैं हेर्ने र डिलेट गर्ने सर्तमा शारीरिक सम्पर्क गर्दाको फोटो र भिडियो समेत उनीहरूले खिचे । भिडियो कौशलले तत्कालै डिलेट गरे तर जानकीले गरिनन् । विस्तारै जानकीले कौशलसँग पैसा माग्न थालिन् । भनेको समयमा भेट्न नपाएपछि उनी प्रहरीमा पुगिन् । आफूलाई फकाएर शारीरिक सम्पर्क गरेको र पछि धम्क्याउन थालेको भन्दै जानकीले कौशल विरुद्ध उजुरी हालिन् । महिला तथा बालबालिका सेवा केन्द्रले यो घटना अनुसन्धान गर्न परिसरलाई पठायो ।

केन्द्रका अनुसार साउन देखि फागुन सम्म मानव बेचबिखनका चार वटा, बहुविवाहका १७ वटा, घरेलु हिंसाका २० वटा, जबर्जस्ती करणीका ८९ वटा, घरायसी ६ सय वटा र लैंगिक हिंसाका एक सय २० वटा उजुरी दर्ता भएका छन् । घर भित्रै मदिरा सेवन गरेर श्रीमान्÷ श्रीमती बीच कुटाकुटका घटना पनि प्रहरीमा आउने गरेका छन् ।
अन्नपूर्णबाट

Logo