पर्सा

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । "/>

श्रीमानले दाइजोको निहुँमा श्रीमतीलाई नै आगो लगाए पछि…!

श्रीमानले दाइजोको निहुँमा श्रीमतीलाई नै आगो लगाए पछि…!

केन्द्रबिन्दु
0
Shares

पर्सा

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् ।

रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले प्रतिरोध गरेपछि जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले प्रहरीलाई जानकारी दिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । गत १३ चैतमा श्रीमान साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतले कुटपिट गरी शरीरमा आगो लगाएको घटना भएपनि हिजो सार्वजनिक भएको हो ।

९ दिन सम्म घरमा लुकाई राखिएकी रविनाले हिजो उम्किन सफल भई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेपछि उनलाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ । रविनाको कम्मर देखि तल शरीरको दाहिने भाग जलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनार्इ छ । रविनाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाउनुको साथै ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन माताहतका प्रहरी चौकीलाई निर्देशन दिएको नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।
रासस

Logo