काठमाडौँ

केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए । "/>

ओलीको तुइन मुक्त नेपाल घोषणाको कुरा ,कहिले होला पूरा ?

ओलीको तुइन मुक्त नेपाल घोषणाको कुरा ,कहिले होला पूरा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा मुलुकभरबाट तत्काल तुइन हटाउने पहिलो निर्णय गरेका थिए । तर उनी दोस्रोपटक सत्ताको नेतृत्वमा पुग्दा पनि मुलुकका विभिन्न नदीमा रहेका तुइन जस्ताका तस्तै छन् । २०७२ असोज २५ मा ‘देशभरका तुइन हटाउने’ प्रधानमन्त्री ओलीको पहिलो निर्णय साँढे दुई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो । अघिल्लोपटक ओली करिब १० महिना सत्तामा बसेका थिए । उनीपछि पुष्पकमल दाहाल र शेर बहादुर देउवा प्रधानमन्त्री बनेर बाहिरिएका छन् । ओलीको ‘तुइनमुक्त नेपाल’ बनाउने घोषणा अलपत्र छ ।

उनले घोषणा गरेको साँढे दुई वर्ष बितिसक्दा ८१ वटा तुइन हटेर झोलुंगे पुल बनेको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको दाबी छ । प्रधानमन्त्री ओलीले दुई वर्ष भित्रमा तुइन हटाएर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका थिए । केपी ओली नेतृत्वको अघिल्लो सरकारले एक सय ८७ वटा तुइन विस्थापन गर्ने निर्णय गरेको थियो । अहिले सम्म ८१ वटा स्थानमा तुइन हटाएर झोलुंगे पुल बनाइएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले बताए ।

उनका अनुसार अझै ५३ वटा तुइन हटाएको ठाउँमा पुल बन्न बाँकी छ । बाँकी ४८ वटा बनाउन तुइन बनाउन नपर्ने महानिर्देशक श्रेष्ठले बताए । भारतले महाकाली नदीमा निर्माण स्वीकृति नदिँदा ५ वटा पुल बनाउन नसकिएको उनले बताए । ४८ वटा तुइन भएका स्थानमा मोटरेबल पुल र फास्ट ट्र्याकले विस्थापित गरेका कारण बनाउन नपरेको उनले बताए । र्चुलाबासीलाई वारपार गर्ने तुइन विस्थापन गरी झोलुंगे पुल बनाउन भारतले सहमति दिएमा नेपालमा एक वर्षपछि तुइन मुक्त गर्न सकिने दाबी छ।
नागरिकबाट

 

Logo