ओखलढुंगा

ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । "/>

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ

अश्लिल भिडियो खिचेर ब्लाक मेलिङ गर्ने ७ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा

ओखलढुंगामा अश्लिल भिडियो खिचेर ब्ल्याक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रुको जंगलमा अश्लिल कार्य गरिरहेको अवस्थामा भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् ।

विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकर प्रसाद मेहताले एक महिलासँग अश्लिल कार्य गरिरहेको बेला आपत्तिजनक अवस्थामा भिडियो खिचेका थिए । उनले सो भिडियो १ लाख रकम नदिए सार्वजनिक गरिदिने बताएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगरसहित सोही स्थानका ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापा छन् । प्रहरीले उनीहरु विरुद्ध म्याद थप गरि सार्वजनिक अपराध मुद्धा चलाएको छ ।
नयाँ पत्रिकाबाट

Logo