काठमाडौँ

शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीलाई सवारी र सुरक्षा गार्डको सुविधा प्रदान गरिने भएको छ । "/>

ललितपुर महानगरपालिकाले संस्कृतिविद सत्यमोहनलाई सवारी र सुरक्षा दिने

ललितपुर महानगरपालिकाले संस्कृतिविद सत्यमोहनलाई सवारी र सुरक्षा दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीलाई सवारी र सुरक्षा गार्डको सुविधा प्रदान गरिने भएको छ । ललितपुर महानगरपालिकाले जोशीलाई सवारी, इन्धन र नगर सुरक्षाकर्मीको सुविधा प्रदान गर्ने भएको हो । जोशीलाई सार्वजनिक कार्यक्रममा ओहोर–दोहोर गर्न सहज होस् भन्ने उद्देश्यका साथ नगरकार्यपालिकाको बैठकले यस्तो सुविधा दिने निर्णय गरेको हो । गत बिहीबारको बैठकले यस्तो निर्णय गरेसँगै सोही दिन जानकारी दिन मेयर चिरिबाबु महर्जन सहितको टोली विहीबार नै जोशी निवास ललितपुर महानगर–१२ बखुम्बहाल पुगेको थियो ।

महानगरको निर्णयको प्रशंसा गर्दै जोशीले अब सार्वजनिक कार्यक्रममा सहभागी हुन सहज हुने प्रतिक्रिया दिनुभयो । ‘धेरै ठाउँबाट कार्यक्रममा सहभागी हुन निम्तो आउँछ, कार्यक्रममा आउन जान समस्या हुन्छ, मलाई सुविधा दिएको सुन्दा खुसी लागेको छ ।’ –शनिबार साँझ उहाँले भन्नुभयो । यो सम्मानलाई उमेर र कामको लगाबलाई मूल्यांकन गरिएको आफूले बुझेको जोशीले बताउनुभयो ।

जोशी आगामी वैशाख ३० गते ९९ वर्ष पुग्दै हुनु हुन्छ । जोशीका कृति, उहाँले विभिन्न समयमा पाउनु भएका पुरस्कार र सम्मान सामग्रीलाई छुट्टै संग्रहालय बनाएर सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण बनाउनेबारे पनि पहल अघि बढाइएको ललितपुर महानगर–१९का वडाध्यक्ष विनोद ताम्रकारले जानकारी दिनुभयो । ‘यसबारेमा सम्भवतः अर्को महिना निर्णय हुँदै छ, उहाँका चर्चित कृतिहरू पुनः प्रकाशन गर्नेबारे पनि छलफल भइरहेको छ ।’ –उहाँले भन्नुभयो ।
नेपाल समाचारपत्रबाट

Logo