काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भरत सिंह बिष्ट लेख्छन्,... 
'ए हजुर ! यो आयोगले जोगी बनायो,
खल्ती सारा रित्तो पारी,भोगी बनायो....
हो रैछ गिरिराजमणि ज्यू पेसा बदल्न नसकेर,
बुढेसकालमा मानसिकताको रोगी बनायो...'

यो अस्थायी शिक्षकको परीक्षा स्थगित भएपछि पोखिएको आक्रोशपूर्ण भाव हो । "/>

‘यो आयोगले जोगी बनायो, खल्ती रित्तो पारी भोगी बनायो…’

‘यो आयोगले जोगी बनायो, खल्ती रित्तो पारी भोगी बनायो…’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भरत सिंह बिष्ट लेख्छन्,… 
‘ए हजुर ! यो आयोगले जोगी बनायो,
खल्ती सारा रित्तो पारी,भोगी बनायो….
हो रैछ गिरिराजमणि ज्यू पेसा बदल्न नसकेर,
बुढेसकालमा मानसिकताको रोगी बनायो…’

यो अस्थायी शिक्षकको परीक्षा स्थगित भएपछि पोखिएको आक्रोशपूर्ण भाव हो । उनले लामो समयदेखि शिक्षक सेवा परीक्षाको तयारी गरिरहेको तर अन्तमा आएर परीक्षा नै स्थगित गरिएकोमा आक्रोश पोखेका हुन् । शिक्षा मन्त्रालयको निर्देशनमा चैत्र २२ गतेको लागि तोकिएको शिक्षक सेवा आयोगको परीक्षा स्थगित भएको छ ।

विभिन्न विद्यार्थी संगठन, अस्थायी शिक्षकहरुको आन्दोलनपछि सरकार परीक्षा स्थगित गर्न बाध्य भएको हो । परीक्षा स्थगित गनुपर्ने मागको अगुवाई स्वयम अस्थायी शिक्षकहरुले गरेको थिए । तर आन्दोलनको पछि नलागेर परीक्षाको तयारीमा रहेका अस्थायी शिक्षकहरु भने आक्रोशित भएका छन् । उनीहरुले सामाजिक सञ्जालमा आफ्ना आक्रोशहरु पोखिरहेका छन् ।

विरेन्द्र थापाले लेखेका छन्, ‘लौ साथी हो सेकुवा र…. खान निस्कौं लास्टैं तनाब भो यार…’

त्यस्तै सामाजिक सञ्जालमार्फत आक्रोश पोख्नेमा डम्बर सुवेदी पनि रहेका छन् । उनले परीक्षा गर्न नदिनेमा सरकारलाई दोष लगाएका छन् । सरकार वा आयोगले परीक्षा गर्न नदिने भयो भन्दै भनेका छन्, ‘के गर्नु र !!! जति गरे पनि सरकारले वा आयोगले परीक्षा नगर्ने नि भयो!!!! स्थगित पो रे तनाव ????’

सुरेस मगर (चिताउरे) ले त परीक्षा स्थगित गर्ने र गराउनेप्रति श्रद्धाञ्जली नै व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘विरोधवादी, प्रतिगमनवादी, यथास्थितीवादी र आन्दोलनकारी प्रति हामी परीक्षा चाहानेहरु गहिरो समवेदला प्रकट गर्दछौं !!’

पुष्पबहादुर घिमिरेले परीक्षा स्थगित भएकोमा आक्रोश व्यक्त गर्दै सरकारलाई सुझाव समेत दिएका छन् । उनी भन्छन्,
‘जति जति समय लम्बिन्छ उतिनै अस्थायी शिक्षक..
थपिदैजादा अधिकार खोज्दैजानु र ऐन अनुसार आन्तरिक र खुला दुबै एकैचोटी बिज्ञापन नखुल्नाले परीक्षा रोकिनपुग्यो, सार्है लज्जास्पद र अप्रीय निर्णय, नियन्त्रण बिनाको नेपाली समाज र राजनीति, यस्तै हो भने नेपाल र नेपालीको भबिस्य अन्धकारमय हुने सम्भाबना !’

पवन पौडेले विचार अलि फरक छ । उनी परीक्षा स्थगितलाई आफ्नो जिन्दगी बर्वादसँग तुलना गर्छन् । उनले लेखेका छन्, ‘थुइक्क !! साला जिन्दगी पÞmेरि पनि परिक्षा स्थगित । घर बार बिहिन बनायो यो गोक्ते आगोगले…’

मिमराज उपाध्याया लेख्छन्,

‘सपना सवै उडायो अन्सनले
हामीलाई ज्वरो आयो टेन्सनले…’

Logo