महोत्तरी
जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन् । "/>

अवैध सम्बन्धको आरोपमा जेठाजु-बुहारीलाई वडाअध्यक्षको चरम यातना !

अवैध सम्बन्धको आरोपमा जेठाजु-बुहारीलाई वडाअध्यक्षको चरम यातना !

केन्द्रबिन्दु
0
Shares

महोत्तरी
जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन् । सोनमा गाउँपालिका ७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोवी र उनका बुहारी करीब ४५ बर्षीय सैरुल खातुनलाई कुटपीट गरेर यातना दिएका हुन् ।

वडा कार्यालयमा भएको पञ्चायतकै बीचमा वडाअध्यक्ष यादवले उनीहरुलाई अवैध सम्बन्ध राखेको आरोपमा चरम यातना दिएको पञ्चायतमा सहभागीहरूले जनाएका छन् । घटना १० दिन अघिको भएपनि कुटपीट गरिएको भिडियो सोमबार मात्रै समाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको रहश्य खुलेको हो । सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको कर्चीले कुटपीट गरेको भिडियो सार्वजनिक पनि भएको छ । पञ्चायतमा वडाअध्यक्ष यादवले सैरुललाई आफैले कुटपीट गरेका छन् भने, इसराफिललाई स्थानीय अमृत राय यादवले कुटेका हुन् ।

गाउँलेहरूका अनुसार ससुरा एैलुन र देवर जिलानी मिलेर पीडित महिला सैरुललाई इसराफिलसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा कार्यालयमा पञ्चायत बोलाएका थिए । पीडित इसराफिलका अनुसार गाउँका भुपु मुखिया रामेश्वर यादवले कमरको नुगि खोलेर खुट्टा बाँधे । घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए । ‘न कुटनुस्’ भन्दा भन्दै गाउँका अमृतले बाँसको दुई वटा कर्चीले पैताला र शरीरको विभिन्न भागमा बेहोस हुने गरी कुटे । पीडितहरूले अनाहकमा आफूहरु माथि कुटपिट गरिएको बताएका छन् । अवैध सम्बन्ध राखेको पुष्टि भए समाजको जस्तो सुकै दण्ड जरिवना मान्ने उनीहरूको भनाई छ । बिना गल्ती अनाहकमा यातना दिनेहरूलाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।
अन्नपूर्णबाट

Logo