धादिङ
चार कुनामा उभ्याइएका फलामका डन्डी, जस्ताको अस्थायी टहरा, भाँडाकुँडा बनाउन राखिएका फलामका चाङ अनि फलाम तथा तामाका भाँडाकुँडा बनाउँदै गरेका कालीगढ । "/>

फलाम कुटेरै मासिक एक लाख आम्दानी !

फलाम कुटेरै मासिक एक लाख आम्दानी !

केन्द्रबिन्दु
0
Shares

धादिङ
चार कुनामा उभ्याइएका फलामका डन्डी, जस्ताको अस्थायी टहरा, भाँडाकुँडा बनाउन राखिएका फलामका चाङ अनि फलाम तथा तामाका भाँडाकुँडा बनाउँदै गरेका कालीगढ । नीलकण्ठ नगरपालिका–३ धादिङमा व्यवसाय गर्दै आएका सूर्यकुमार सेन्चुरीको आरनको दृश्य टीठ लाग्दो भए पनि उनी फलाम कुटेरै मासिक १ लाख रुपैयाँ आम्दानी गर्छन् । पुस्तौं देखि आरन व्यवसाय गर्दै आएका सेन्चुरीको घर गल्छी गाउँपालिका–३ मा छ । बाली उठाएर आरन चलाउँदै आएका उनले जिल्ला सदरमुकाम धादिङबेंसीमा ०४६ साल देखि साहुको आरनमा काम गरे ।

२० वर्ष सम्म साहुको आरनमा काम गर्दा सेन्चुरीले खान, बस्न र घर खर्च चलाउन बाहेक १ रुपियाँ पनि बचाउन सकेनन् । ०६६ सालमा ३ लाख ऋण लिएर आफैंले आरन व्यवसाय सुरु गरे । ‘गाउँमा बाली उठाएर आरन चलाउँदा हातमा १ रुपियाँ पर्दैनथ्यो, गाउँवासीले खेतीपातीबाट भित्र्याएको खाद्यान्न बाली उठाएर दिन्थे, त्यही नै जीविकोपार्जनको उपाय थियो,’ अतीत सम्झँदै उनले भने, ‘व्यावसायिक रूपमा आरन चलाउन थालेपछि अहिले आएर हातमुख जोर्न मात्र होइन मासिक लाख रुपैयाँ सम्म बचत समेत भइरहेको छ ।’

आरन व्यवसायबाट जम्मा भएको रकम र थप ऋण खोजेर उनले २०७० सालमा १५ लाख रुपैयाँ लागतमा निर्माण सामग्री बिक्री पसल स्थापना गरेका छन् । सेन्चुरीका दुई छोरा मध्ये एउटा नर्सरी र अर्को एलकेजीमा पढ्छन् । श्रीमती सहित चार जनाको परिवारको मासिक १० हजार हाराहारीको घर खर्च, आरन रहेको स्थान पसलको घर भाडा समेतमा अर्को १२ हजार हाराहारी उनको खर्च छ । यी सबै खर्च उनको आरन र निर्माण सामग्री पसलबाटै जुट्छ ।
राजधानीबाट

Logo