काठमाडौँ
सरकारले बोक्सी प्रथा अन्त्य भएको घोषणा गरे पनि अझै बोक्सीको आरोपमा थुप्रै महिलाहरू निर्घात कुटिएका खबर बाहिर आइरहेका छन् । "/>

बोक्सी आरोपमा कुटिएकी महिलाको गुनासो दर्ता नै भएन

बोक्सी आरोपमा कुटिएकी महिलाको गुनासो दर्ता नै भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारले बोक्सी प्रथा अन्त्य भएको घोषणा गरे पनि अझै बोक्सीको आरोपमा थुप्रै महिलाहरू निर्घात कुटिएका खबर बाहिर आइरहेका छन् । बोक्सीको आरोप खेपेकी पर्सा वीरगन्जकी लिरा क्षेत्री बुधबार दिउँसो १ बजे सर्वोच्च अदालत पुगिन् । स्थानीयले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्दा पनि जिल्लाबाट इन्साफ नपाएपछि सर्वोच्च आएकी उनी मुद्दा दर्ता नभएपछि झन् निरास भएकी छिन् । मुद्दा दर्ता गर्न अदालत पुग्दा पनि न त वकिलले साथ दिए न त प्रहरी टोलीले नै ।

क्षेत्रीले भनिन्– ‘वीरगन्ज इनरुवा घुसकपुरमा बस्दै आएकी छु । छोराले रिक्सा चलाउँछ । छोराको जीवन रक्षा गर्न र मलाई बोक्सी भनेर कुटपिट गर्ने माथि कारबाही हुनु पर्यो भनेर अदालत आएँ तर पैसा नभएर होला साथ दिने केही भएनन् हजुर ।’

स्थानीय सीमा तिवारीको समूहले बोक्सीको आरोपमा कुटपिट गर्दै आएको क्षेत्रीको गुनासो छ । उनले भनिन्– ‘२०७१ भदौ १४ गते पनि क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा र गत भदौ २५ गते जिल्ला प्रशासन कार्यालय वीरगन्जमा जीउ, ज्यान र धनको सुरक्षा माग गरी निवेदन दर्ता गराएको थिएँ । तर कहीँ निवेदनको सुनुवाइ भएन । सर्वोच्चमा पनि त्यस्तै भयो।’ दर्ताका लागि आग्रह गर्दा वकिलहरूले वास्ता नगरेको उनको गुनासो छ । तैपनि हरेस नखाने प्रतिबद्धता जनाउँदै क्षेत्रीले भनिन्– ‘अन्तिम समय सम्म लडिरहन्छु।’
नेपाल समाचारपत्रबाट

Logo