रौतहट
जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् । "/>

चितामा हालिसकेको शव प्रहरीले किन लियो नियन्त्रणमा ?

चितामा हालिसकेको शव प्रहरीले किन लियो नियन्त्रणमा ?

केन्द्रबिन्दु
0
Shares

रौतहट
जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् । कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामी बीच केहीबेर झडप समेत भएको थियो । स्थानीयले श्रीमानको कुटाइबाट मृत्यु भएकी महिलाको हतारहतार अन्त्येष्टि हुन लागेको सूचना दिएपछि प्रहरी घाट पुगेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

घटनामा संलग्न भएको आशंकामा मृतकका भाइ कटहरिया–५ का भन्टु साह, भान्जा रामबालक साह र रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकका आफन्तले घटना लुकाउन खोजेको आरोपमा पक्राउ गरेको प्रहरीको भनार्इ छ । श्रीमान विजय साह भने फरार छन् ।

साहले हत्यापछि श्रीमतीका आफन्तलाई समेत प्रलोभनमा पारेको एसपी पोखरेलले बताए । स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार सोमबार राति साह र श्रीमती राजकुुमारी बीच झगडा भएको थियो । साहले स्थानीय कटहरिया बजारमा लोकल रक्सी र मासुको पसल राखेका छन् । उनले मदिरा खाएको विषयमा राति ९ बजेपछि श्रीमान श्रीमतीको झगडा परेको थियो । मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । घाटछेउबाट दुई बोतल पेट्रोल र पाँच केजी चिनी पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Logo