रौतहट
आमालाई शिक्षित बनाएपछि छोराछोरीले पनि शिक्षा लिनुपर्छ भन्ने बानीको विकास गर्नका लागि रौतहटका करिब १ हजार २ सय आमाहरूका लागि ‘आमा कक्षा कार्यक्रम’ सञ्चालन भइरहेको छ । "/>

१२ सय आमालाई साक्षर बनाउन आमा कक्षा कार्यक्रम संचालन

१२ सय आमालाई साक्षर बनाउन आमा कक्षा कार्यक्रम संचालन

केन्द्रबिन्दु
0
Shares

रौतहट
आमालाई शिक्षित बनाएपछि छोराछोरीले पनि शिक्षा लिनुपर्छ भन्ने बानीको विकास गर्नका लागि रौतहटका करिब १ हजार २ सय आमाहरूका लागि ‘आमा कक्षा कार्यक्रम’ सञ्चालन भइरहेको छ । आउँदो शैक्षिक सत्रमा करिब ४ हजार बालिकाहरूलाई विद्यालय भर्ना गर्ने लक्ष्यका साथ १ हजार २ सय आमाहरूलाई यस वर्ष साक्षर बनाइनेछ । शिक्षाको स्तरमा एकदमै कमजोर रहेको रौतहटमा यस वर्ष मात्रै १ हजार २ सय आमा र ३ हजार १ सय किशोरीहरू साक्षर बनेका छन् । सामाजिक सचेतना, शिक्षा, सरसफाइ सम्बन्धी शिक्षा लिएर आमाहरू साक्षर बनेका हुन् ।

विश्व शिक्षा कार्यक्रमको आर्थिक सहयोगमा आरडीसी नेपालको सहजीकरणमा यस वर्ष मात्रै रौतहटका सो संख्याका आमाहरू तथा किशोरीहरूलाई साक्षर बनाउने अभियानमा चालिएको हो । आमा शिक्षा कार्यक्रमको अध्ययनबाट आफूलाई घरको कामकाज देखि धेरै काम गर्न सहज भएको चन्द्रपुर नगरपालिका–१० बडहर्वाटोलकी सतिका रामले बताइन । गत असार देखि आमा शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा लिदै आएकी रामले मोबाइल चलाउने देखि समाजका हरेक क्रियाकलापमा सहभागिता जनाउन धेरै सजिलो भएको बताइन् । यस्तै आमा शिक्षा कार्यक्रममा अर्का सहभागी रुनादेवी माझीले पनि यो पढाइ शिक्षा महत्वपूर्ण रहेको बताएकी छन् । यस कार्यक्रमबाट स्वास्थ्य र सामाजिक ज्ञानका धेरै कुरा सिकेको उनले बताइन् ।

आमा शिक्षा लिन खास गरी दलित समुदायका आमाहरू सक्रिय भएर अध्ययन गर्न आउने गरेको आरडीसी नेपालकी सहजकर्ता लक्ष्मी नेपालीले बताइन् । अहिले आएर यी आमाहरूले शिक्षाको महत्व बुझ्दै गएको उनको भनार्इ छ ।
राजधानीबाट

 

Logo