धनगढी

कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी १८ वर्षीया राधा चौधरीलाई गत बिहीबार बोक्सीको आरोपमा कुटपिट घटनामा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । "/>

कैलाली बोक्सी काण्डमा संलग्न थप चार जना पक्राउ

कैलाली बोक्सी काण्डमा संलग्न थप चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

धनगढी

कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी १८ वर्षीया राधा चौधरीलाई गत बिहीबार बोक्सीको आरोपमा कुटपिट घटनामा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भोलेबाबा भनिने राम बहादुर चौधरीको आमा अन्दाजी ४५ वर्षीया सीता राना सहित प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले रामबहादुरलाई भने गत शुक्रबार नै पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार पक्राउ पर्ने अन्यमा अन्दाजी ३५ वर्षीय वेदप्रसाद चौधरी, चनकलाल चौधरी र १८ वर्षीय नारायण चौधरी रहेका छन् । प्रहरीले उनीहरूलाई घर नजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक कणसिंह कार्कीले बताए । कैलाली प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले राधालाई बोक्सी भनी कुटपिट गर्ने स्मारिका चौधरीलाई आइतबार पक्राउ गरी उनी विरुद्ध सोमबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको बताए ।

यसअघि पक्राउ परेका रामबहादुर र किस्मती चौधरी विरुद्ध भने आइतबार नै अदालतमा मुद्दा दर्ता गराइसकिएको छ । भोलेबाबाकी सहायिका दाबी गर्ने किस्मती आफूलाई ‘पार्वती माता’ बताउँथिन् । सुरुमा राधा माथि किस्मतीले नै कुटपिट गरेकी थिइन् । गत बिहीबार ‘बोक्सी’ भगाउन भन्दै ६ घण्टा सम्म राधा माथि कुटपिट भएको थियो । राधालाई अहिले ओरेकको सेफ हाउसमा राखिएको छ । पीडकविरुद्ध बोक्सी अपराध दण्डसजायँ ऐन अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । ऐन अनुसार कसुरको मात्रा हेरी दुई वर्ष देखि ८ वर्ष सम्म जेल सजाय र ५० हजार सम्म जरिवाना भराउने प्रावधान छ ।
राजधानीबाट

Logo