हेटौंडा
संरक्षित वन्यजन्तु गौरी गाई मारेर मासु भाग लगाउने तयारी गर्दागर्दै पर्सा बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले मकवानपुरको मनहरी गाउँपालिकाबाट चार जनालाई पक्राउ गरेको छ । "/>

संरक्षित वन्यजन्तु गौरी गाईको मासु भाग लगाउँदै गर्दा चार जना पक्राउ

संरक्षित वन्यजन्तु गौरी गाईको मासु भाग लगाउँदै गर्दा चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

हेटौंडा
संरक्षित वन्यजन्तु गौरी गाई मारेर मासु भाग लगाउने तयारी गर्दागर्दै पर्सा बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले मकवानपुरको मनहरी गाउँपालिकाबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुलखोलाका ५८ वर्षीय मानबहादुर मुक्तान, ३६ वर्षीय लालबहादुर थिङ, ३४ वर्षीय सूर्यबहादुर गोले र ५४ वर्षीय सिंगराम स्यांतान छन् । मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–४, मुलखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

गौरी गाई मारेर मासु काटिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर तितुङ नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथमा गौरी गाईको ३ क्वीन्टल मासु, मासु काट्न प्रयोग भएका हतियारहरु बरामद भएको समितिका अध्यक्ष तितुङले जानकारी दिए ।

शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुलाई पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधार, बारामा बुझाइएको समितिका अध्यक्ष तितुङले बताए । तितुङका अनुसार गाउँमा १ सय जनाको हाराहारीमा मानिस भेला भएर गौरी गाई मारेर मासु काटिरहेका थिए । नेपाली सेना सहित टोली पुग्ना साथ गाउँलेहरु भागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको र पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्धा चलाउने तयारी भइरहेको बताइएको छ ।

यो गौरी गाईको समागमको समय हो । गौरी गाईको साँढे लाग्ने समय पुस देखि चैत सम्म हो । सबै गौरीगाई एकै समूहमा बस्दैनन् । हरेक समूहमा एकै परिवारका करिब ८–१० सदस्य हुन्छन् र नजिकका धेरै हुँदा २० सम्म सदस्य हुन्छन् । सन् २००७ अप्रिलमा चितवन राष्ट्रिय निकुञ्जको गौरी गाई पाइने क्षेत्रमा ठाडो गणना गर्दा ५९ भाले, १ सय १५ गाई, ५६ वटा लिंग छुट्याउन नसकिएका किशोरकिशोरी र ६६ बाच्छा बाच्छी समेत २ सय ९६ वटा गौरी गाई रहेको पत्ता लागेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo