काठमाडौं

एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्व कीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजार भन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । "/>

विश्व कीर्तिमान कायम गर्न टुँडिखेलमा रक्तदान आयोजना

विश्व कीर्तिमान कायम गर्न टुँडिखेलमा रक्तदान आयोजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्व कीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजार भन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन् । लायन्स क्लब अफ काठमाडौँको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड रह्यो । बिहान ९ बजे देखि साँझ ५ बजे सम्म आयोजित कार्यक्रममा रगत दिन चाहने संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई विभिन्न चरणको परीक्षण पार गर्दै दान गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गर्नुभयो । आयोजकका अनुसार यसअघि भारतमा करीब ९०० पिन्ट रगत संकलन भएको हुँदा एक हजार पिन्ट रगत संकलन भएमा कीर्तिमान कायम हुनेछ । नेपाल स्थित लायन्स क्लबका प्रमुख बालकृष्ण बुर्लाकोटीले आयोजक संस्थालाई प्रमाणपत्र वितरण गरेर कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाइएको थियो । आयोजकले करीब तीन हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ ।

रगत दिन आएका मानिसलाई सहयोगका लागि १० सहयोगी कक्ष स्थापना तथा करीब ५०० स्वयंसेवकलाई खटाइएको कार्यक्रमका संयोजक अखिल श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रम मार्फत गिनिज बुकमा नाम लेखाउन सकिएमा नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय तहमा गौरव प्राप्त हुने लायन्स क्लबका सदस्य सुचिता घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७२ को भूकम्पमा रगतको केही अभाव भएका कारण लायन्स क्लबले नयाँ सडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा करीब ५०० पिन्ट रगत संकलन गरिएको थियो । बसुन्धरास्थित ग्रीन सिटी हस्पिटलका अध्यक्ष एलबी टण्डनले स्वस्थ मानिसले गरेको रक्तदानका कारण थला परिरहेका बिरामीले जीवन प्राप्त गर्न सक्ने हुँदा यसबारे सन्देश फैलाउन आवश्यक रहेको बताउनु भयो ।
रासस

 

Logo