काठमाडौँ

सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी घरधनी कमला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । "/>

दलित भन्दै पत्रकारलाई कोठा नदिने घरबेटी प्रहरीद्वारा पक्राउ

दलित भन्दै पत्रकारलाई कोठा नदिने घरबेटी प्रहरीद्वारा पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी घरधनी कमला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको जाहेरीमा पक्राउ गरेको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । विक्रम सुनार, रिमराज सुनार र मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि राजधानीस्थित अनामनगरकी कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् । मिलन विश्वकर्मा आर्थिक अभियान, विक्रम सुनार इमेज टेलिभिजनमा कार्यरत छन् भने रिमराज सुनारले स्नातकोत्तर अध्ययन गर्दैछन् । पीडितले घरधनी श्यामप्रसाद र कमला गौतमको नाममा जाहेरि दिए पनि प्रहरीले भने कमलालाई मात्र थुनामा राखेको हो । वृत्तका प्रहरी नायव उपरिक्षक रवि पौडेलले अदालतमा मुद्दा पनि दायर भएको जानकारी दिएका छन् । उनले भने, ‘छानविन प्रक्रिया सुरु भएको छ, नसकिदा सम्म थुनामा राख्छौँ ।’

दुई कोठा बुक गरेर फागुन २० गते सामान लिएर पुग्दा श्यामप्रसाद र कमलाले फर्काएको मिलनले बताए । उनले भने, ‘कमलाले तपाईसँग जात नमिल्ने भएकाले कोठा दिन मिल्दैन भन्नु भयो । अहिले सम्म दलितलाई आफ्नो घरमा नराखेको भन्दै अभद्र व्यवहार पनि गर्नुभयो ।’ दलित अधिकारकर्मी र पीडितको टोलीले मंगलबार नै जाहेरि दिए पनि बुधबार मात्र दर्ता भएको हो । जातीय छुवाछुत तथा जातीय कसुर सजायँ ऐन–२०६८ ले विभेद गर्नेलाई एक महिना देखि पाँच वर्ष सम्म कैद वा पाँच सय देखि २५  हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने व्यवस्था गरेको छ ।

नयाँपत्रिकाबाट

Logo