काठमाडौँ

विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिक लगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । "/>

आज अन्तर्राष्ट्रिय महिला दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न भने पाएनन्

आज अन्तर्राष्ट्रिय महिला दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न भने पाएनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिक लगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ । महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनी व्यवस्था गरेको छ । सो हकमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भनी व्यवस्था गरेको छ ।

संविधानले मौलिक हकमै महिला सम्बन्धी हकको व्यवस्था गरे पनि तीन वर्ष भित्र कानून बनाएर कार्यान्वयन गर्ने भनिएका कारण सो हकको महिलाले प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन । अहिले पनि नेपाली महिला बोक्सीको आरोपमा कुटिएका छन् । महिला तथा नाबालिका बलात्कृत भएका छन् । घरेलु हिंसा न्यूनीकरण अझै प्रभावकारी रुपमा हुन सकेको छैन । त्यसरी हेर्दा कानून भएको अनुभूति महिलाले गर्न पाएका छैनन् । महिलाका लागि बनेको कानून भए पनि कार्यान्वयन गर्ने निकायको कमजोर कार्यशैलीका कारण महिला पीडामा छन् ।

महिला अधिकारकर्मी सुशीला श्रेष्ठले भनिन्, “महिलालाई संरक्षण गर्ने धेरै कानून बनेका छन् तर कार्यान्वयन प्रभावकारी छैन, त्यसले गर्दा अहिले पनि महिलाले आफ्नो अधिकारको उपयोग गर्न पाएका छैनन् ।” त्यसो त नेपालमा कानूनी रुपमा सुधारका प्रयास भने नभएका होइनन् । संघीय नेपालको संविधान जारी भएपछि राज्यको हरेक निकायमा एक तिहाइ महिला सुनिश्चित गर्नु पर्ने व्यवस्था रहेको छ ।

अन्तर्राष्ट्रिय दिवसमा यस वर्षको नारा  ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण’ भन्ने रहेको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता जस्ता सवाल यस दिवसका विषय हुने गरेका छन् । यो दिवस  सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१८ मा आइपुग्दा विश्वभर १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । यो मार्च महिना भर नै मनाइनेछ ।

संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी सन् १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी सन् १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । सन् १९१० मार्च ८ मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भयो । त्यही दिनको सम्झनामा अहिले पनि विश्वभरि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउने गरिन्छ ।

रासस

Logo