सप्तरी
तिलाठी–कोइलाडी गाउँपालिकाको बिबाद अदालत सम्म पुगेको छ । गाउँपालिकाकै कार्यालयमा गाउँसभा नगरी छिमेकी नगरपालिका राजविराजको एक होटेलमा गाउँसभाको बैठक बसालेकाले त्यसको खारेजको माग राखी उपाध्यक्ष सुचिता कुमारी यादव अदालत सम्म पुगेकी छिन् । "/>

अध्यक्ष विरुद्ध उपाध्यक्षले गरिन् अदालतमा मुद्दा दायर !

अध्यक्ष विरुद्ध उपाध्यक्षले गरिन् अदालतमा मुद्दा दायर !

केन्द्रबिन्दु
0
Shares

सप्तरी
तिलाठी–कोइलाडी गाउँपालिकाको बिबाद अदालत सम्म पुगेको छ । गाउँपालिकाकै कार्यालयमा गाउँसभा नगरी छिमेकी नगरपालिका राजविराजको एक होटेलमा गाउँसभाको बैठक बसालेकाले त्यसको खारेजको माग राखी उपाध्यक्ष सुचिता कुमारी यादव अदालत सम्म पुगेकी छिन् । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झाको मिलेमतोमा विकासीय बजेट समेत कुम्ल्याउने उद्देश्यले गाउँपालिकाको कार्यालयमा गाउँसभा नगरेको उनको आरोप छ ।

उनले अध्यक्ष सिंह र अधिकृत झा विरुद्ध उच्च अदालत राजविराजमा रिट दायर गरिन् । ‘स्थानिय सरकार सञ्चालन ऐन–२०७४ को दफा ३, ४ र १९ ले गाउँसभा बस्ने मिति, समय, स्थान र बैठकको कार्य सूची समेतको किटानीका साथ व्यवस्था गरेको छ,’ उपाध्यक्ष यादवले भनिन्,‘ तर ती ऐन नियमलाई लत्याउँदै उपाध्यक्षलाई दिएको अधिकार समेत मिच्ने काम भयो ।’ विपक्षीको एकलौटी रवैयाका कारण आफू अन्यायमा परेकाले न्याय प्रशासन ऐन ०७३ को दफा (८) तथा नेपालको संविधान २०७२ को धारा १४४ बमोजिम अदालतमा निवेदन दर्ता गरेको उपाध्यक्ष यादवले बताइन् ।
नयाँपत्रिकाबाट

Logo