कपिलवस्तु
मायादेवी गाउँपालिका– ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षीय छोरा मोहम्मद एमान अपरणमा परेका छन् । "/>

वडाध्यक्षका ५ वर्षीय छोरा अपहृत

वडाध्यक्षका ५ वर्षीय छोरा अपहृत

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु
मायादेवी गाउँपालिका– ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षीय छोरा मोहम्मद एमान अपरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः ३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जाने क्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।

एमान कान्छो छोरा हुन् । सुमैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो रङका पल्सर मोटरसाइकलमा आएका २ जनाले अपरण गरी लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मुसलमानले बताए । अपरणबारे आफूलाई दिउँसो अढाई बजे तिर मात्र थाहा भएको उनले बताए । ‘ड्रेस लगाएर मदरसा जानेक्रममा घरको ५० मिटर जति दक्षिणमा रहेको काब्राको रुख मुनिबाट छोरा अपरणमा परेछ,’ उनले भने । उनका अनुसार मुखमा पट्टी बाँंधेका अपहरणकारीलाई गाउँका २ बालिकाले देखेका थिए । ‘चाकरचौडामा रहेको वडा कार्यालयमा पुर्याइदिन्छौं भनी उनीहरूले फकाएर छोरालाइ अपहरण गरेका रहेछन्’, मुसलमानले भने । बालकलाई अपहरण गरिएको स्थल देखि भारतीय सीमा सात सय मिटर दुरीमा छ ।
नागरिकबाट

Logo