सप्तरी
आफ्नै बहिनीलाई बलात्कार गर्ने दाजु कस्ता होलान् ? तर यस्तै भएको छ सप्तरीमा । बहिनीलाई बलात्कार गरी हत्या गरेको आरोपमा सप्तरीको खडक नगरपालिका ९ का १८ वर्षीय राजदेव मण्डललाई प्रहरीले पक्राउ गरेको छ । "/>

बहिनीको बलात्कारपछि हत्या गर्ने दाजु पक्राउ !

बहिनीको बलात्कारपछि हत्या गर्ने दाजु पक्राउ !

केन्द्रबिन्दु
0
Shares

सप्तरी
आफ्नै बहिनीलाई बलात्कार गर्ने दाजु कस्ता होलान् ? तर यस्तै भएको छ सप्तरीमा । बहिनीलाई बलात्कार गरी हत्या गरेको आरोपमा सप्तरीको खडक नगरपालिका ९ का १८ वर्षीय राजदेव मण्डललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार राजदेवले गत माघ २५ गते काकाकी छोरी १३ वर्षीया पार्वती कुमारी मण्डललाई बलात्कारपछि हत्या गरेका थिए ।

आफ्नै कोठामा सुतिरहेकी बालिकालाई बलात्कार गरिसकेपछि कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरिएको एसपी मुकेश कुमार सिंहले बताए । मृत्युपछि शवलाई गाउँमै जलाउने प्रयास हुँदै गर्दा केही आफन्तले बचाउन सकिन्छ भन्दै अस्पताल लान दबाब दिएपछि घट्ना सार्वजनिक हुँदै गएको सिंहको भनार्इ थियो । अस्पतालले बालिकालाई मृत घोषणा गर्दै घाँटीको डाम देखेपछि प्रहरीलाई खबर गरेको थियो । पोस्टमार्टमका क्रममा डाक्टरले बलात्कार भएको आशंका गरेपछि प्रहरीको अनुसन्धानबाट बलात्कारपछि हत्या भएको खुलेको एसपी सिंहले जानकारी दिएका छन् ।

पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ । यसअघि बिहीबार २ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी बालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाका अभिभावकको मौखिक उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको सिंहले बताए ।
नेपाल समाचारपत्रबाट

Logo