काभ्रे
जिल्लामा प्रेमदिवसकै दिन एक युवती बलात्कारको शिकार भएकी छिन् । प्रणय दिवसमा प्रेमीको बिहे गर्ने प्रस्ताव अस्वीकार गर्दा काभ्रेमा एक युवतीको अपरहण पछि बलात्कार भएको हो । "/>

प्रेमदिवसकै दिन काभ्रेमा एक युवती माथि बलात्कार !

प्रेमदिवसकै दिन काभ्रेमा एक युवती माथि बलात्कार !

केन्द्रबिन्दु
0
Shares

काभ्रे
जिल्लामा प्रेमदिवसकै दिन एक युवती बलात्कारको शिकार भएकी छिन् । प्रणय दिवसमा प्रेमीको बिहे गर्ने प्रस्ताव अस्वीकार गर्दा काभ्रेमा एक युवतीको अपरहण पछि बलात्कार भएको हो । भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार पनौतीबाट उद्धार गरेको छ । ‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन घुम्न जाने र विवाहको प्रस्ताव गरे, मैले मानिनँ’ पीडित युवतीले प्रहरीलाई भनिन्, ‘त्यसपछि मलाई जवरजस्ती भकुन्डेबाट अपहरण गरेर खै कता लगे, थाहा छैन, प्रहरी चौकी पनौतीले मलाई उद्धार गर्‍यो ।’

अपहरणमा संलग्न दैलेख चामुण्डाका २१ वर्षीय वमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ । विष्ट सहित ३,४ जनाको समूहले युवतीलाई अपहरण गरी निजी गाडीमा राखेर पनौती पुर्‍याएको प्रहरीको भनार्इ छ ।

युवतीका आफन्तको उजुरीका आधारमा प्रहरीले बुधबार पीडितको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयमा मंगलबार राति महिला अपहरणको सूचना आएपछि खोजी गर्ने क्रममा पनौतीबाट उनको उद्धार गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए । उद्धारपछि युवतीले आफू माथि बलात्कार भएको बयान दिएकी छिन् । यस विषयमा थप अनुसन्धान हुँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

Logo