काठमाडौँ
सम्बन्ध विच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन् । "/>

दाइजोकै निहुँमा जलाइन्छन् महिलाः यस्तो दर्दनाक घरेलु हिंसा कहिले सम्म ?

दाइजोकै निहुँमा जलाइन्छन् महिलाः यस्तो दर्दनाक घरेलु हिंसा कहिले सम्म ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सम्बन्ध विच्छेद गर्न नमानेको आरोपमा घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले सोमबार कीर्तिपुरस्थित स्किन अस्पतालमा प्राण त्यागिन् । धनुषाको क्षिरेश्वर नगरपालिका ८, हार्सरकी हजरालाई माघ २० गते श्रीमान रसिद राइन सहित सासू ससुरा मिलेर मट्टीतेल जिउमा खन्याएर घरमै आगो लगाएको आरोप माइती पक्षको छ ।

शरीर जलेकै अवस्थामा खातुनको उद्धार गरी सुरुमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं कीर्तिपुर अस्पतालमा भर्ना गरियो। तर यहाँ पनि उनको जीवन रक्षा गर्न असम्भव भयो । जलाइएको १० दिनपछि अन्ततः उनको प्राण पखेरु गयो । खातुनको टाउको भन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो । मृत्यु अघि हजराले आफूलाई पति रसिद, ससुरा अलिशेख कवारी, सासू रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको जानकारी प्रहरीलाई गराएकी थिइन् ।

दोस्रो बिहे गरेका पतिबाट पेट्रोल खन्याएर जलाइएकी सिन्धुपाल्चोककी अञ्जली श्रेष्ठ यतिबेला अग्नि हिंसापीडित नेपालको संरक्षणमा छिन् । ०७३ असोज ६ मा अञ्जली माथि आगो लगाएर जलाइएको थियो । आगोका कारण उनको घाँटी र छाती जलेको छ । ‘अग्नि हिंसा’ सम्बन्धी एक कार्यक्रममा आइतबार पीडा सुनाउने क्रममा पुरानो घाउ सम्झेर अञ्जलीका आँखा रसाए । उनले भक्कानिँदै भनिन्, ‘मलाई श्रीमानबाटै आगो लगाइयो । अपराधीलाई कडा सजायँ होस् ।’ बोक्सी आरोपमा चितवन माडी, बगौढाकी ठेगनीदेवी महतोलाई भाला र लाठीले कुटपिट गर्दै आगो लगाएर क्रूर तवरले हत्या गरियो । कथित बोक्सी आरोपमा ०६८ साल फागुन ५ गते ठेगनी देवी माथि पेट्रोल छर्केर परालले पोलिएको थियो । ४० वर्षीय ठेगनी देवीका नाबालक १२ वर्षीय छोरा र नौ वर्षकी छोरी थिए । उनका छिमेकी हत्यारालाई सर्वोच्च अदालतबाट गत वर्ष सर्वस्व सहित जन्मकैदको सजायँ तोकिएको छ ।

दाइजो र कथित बोक्सी विवादका कारण महिला माथि मट्टीतेल, पेट्रोल वा एसिड खन्याएर जलाउने क्रम बढ्दो छ । एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणले आठ वर्षको अवधिमा १७९ जना महिला र बालबालिका माथि एसिड छ्यापेर र जलाएर हिंसा गरिएको छ । यी मध्ये ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाएका छन् । पीडितको उद्धार, पुनःस्थापना र न्याय क्षेत्रमा क्रियाशील संस्था अग्नि हिंसापीडित नेपालले २०१० जनवरी देखि २०१८ जनवरी सम्म गरेको अध्ययन सर्वेक्षणले यस्तो भयावहको अवस्था देखाएको हो ।
अन्नपूर्णबाट

Logo