लहान
सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन् । घर नजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् । "/>

सिरहामा एघार वर्षीया बालिका बलात्कृत

सिरहामा एघार वर्षीया बालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

लहान
सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन् । घर नजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् । बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ ।

घटनालाई स्थानीयस्तर मै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको रक्तश्राव नरोकिएपछि घटना तीन दिन पछि हिजो सार्वजनिक भएको हो । उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने, “बोल्न समेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन् ।” पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन् ।

आरोपी ठाकुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । फरार अभियुक्त ठाकुर विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । घटनाको सूचना पाए लगत्तै आरोपी ठाकुरलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ भने अभियुक्तलाई भगाएको आंशकामा बाबु र दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको उनले बताए ।

अपहरित बालक सकुशल मुक्त

अपहरणमा परेको चार घण्टा भित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । हिजो दिउँसो ३ः३० बजे तिर अपहरणमा परेका सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय आशिषराय कुर्मीलाई हिजो साँझ ७ः३० बजेतिर प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका २४ बाट मुक्त गराउन सफल भएको हो ।

बालकलाई अपहरण मुक्त गराउने क्रममा अपहरणमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–२४ निवासी मनोज महतो लौनियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिए । बालकको अपहरण भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनुषा प्रहरीसँग समन्वय गरी बालक कुर्मीलाई सकुशल मुक्त गराउन सफल भएको प्रहरी नायब उपरीक्षक ठकुरीले बताए ।
रासस

Logo