भक्तपुर
दुई दिन यता जिल्लामा पाँच बलात्कारका घटना भएका छन् । जस मध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको हो । "/>

भक्तपुरमा बलात्कारका घटनामा वृद्धि : २ दिनमा पाँच घटना

भक्तपुरमा बलात्कारका घटनामा वृद्धि : २ दिनमा पाँच घटना

केन्द्रबिन्दु
0
Shares

भक्तपुर
दुई दिन यता जिल्लामा पाँच बलात्कारका घटना भएका छन् । जस मध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मङ्गलबार साँझ सूर्यविनायक नगरपालिका–५ सृजनानगरमा१४ र १५ वर्षीया दुई बालिका बलात्कृत भएका हुन् । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथहा नगरपालिका–१२ जानकीनगर घर भई सृजनानगर बस्ने २२ वर्षीय अमिर पण्डित र बानेश्वर बस्ने २१ वर्षीया संजिव रायलाई पक्राउ गरेको छ । साथीको घरमा आएको बेला बलत्कार गरेको पीडितको अभिभावकको उजुरीको आधारमा पक्राउ गरेको भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईंले बताए ।

त्यसैगरी चाँगुनारायण नगरपालिका–९ ताथली स्थित १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दाङ, बबई गाँउपालिका–३, हंसपुर घर भई ताथली बस्ने २० वर्षिय सुरेश घर्ती मगर, भक्तपुर नगरपालिका–१० कमलविनायक स्थित पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२२ बुङमती घर भएका १८ वर्षीय बसन्त तामाङलाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित श्री ईंटाभट्टामा मजदुरी गर्दै आएकी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही र्इंटाभट्टामा कार्यरत सुर्खेत गुर्बाकोट नगरपालिका ९ भुल्केका ३८ वर्षीय कर्ण बहादुर पुन मगर पक्राउ परेको डीएसपी प्रसाईंले बताए । पक्राउ परेका बलात्कारका आरोपी पाँचै जनालाई म्याद थप गरि अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।
कान्तिपुरबाट

Logo