काठमाडौं
काम चलाउ भइसकेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनमत तान्ने नाममा एकपछि अर्को निर्णयलाई तीब्र बनाएको छ । "/>

यी नेताले पाउँदै छन् अब वृद्धभत्ता !

यी नेताले पाउँदै छन् अब वृद्धभत्ता !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
काम चलाउ भइसकेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनमत तान्ने नाममा एकपछि अर्को निर्णयलाई तीब्र बनाएको छ । २०५१ सालमा एमालेबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले थालेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत देउवाले वृद्धभत्ता पाउनेको उमेर ६५ बनाइदिए पछि यसले नयाँ तरङ्ग ल्याएको छ । तत्कालीन प्रम अधिकारीले ७५ वर्ष माथिकालाई वृद्धभत्ता दिने गरी थालेको सामाजिक सुरक्षा कार्यक्रमले एमालेलाई अहिले पनि लोकप्रिय बनाउन सहयोग गरिरहेको छ । यही कार्यक्रमलाई क्यास गर्ने गरी प्रम देउवाले अब ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरे । जसले अर्बौँको आर्थिक भार देशलाई पर्ने भएको छ ।

काम चलाउ प्रधानमन्त्रीले देउवाले वामपन्थीले थालेको अभियानलाई आफुसँग जोड्न खोजेपछि फरक फरक प्रतिक्रिया आइरहेका छन् । नेपाली नेताहरु ८० वर्ष सम्म राजनीति गरेर प्रधानमन्त्री बनिरहेका बेला ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेर देउवाले नयाँ विवाद पनि सिर्जना गरिदिएका छन् । यसबारेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैँशमा नै वृद्धभत्ता खान खोजेको भन्दै देउवा माथि व्यंग्य साँधेका छन् । देउवा सरकारले वृद्धभत्ता पाउने उमेर ६५ मा झारेपछि नेपालका अधिकांश नेता पनि वृद्धभत्ता खानेको सूचीमा परेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७१ वर्ष भएका छन् । ७० वर्षमै वृद्धभत्ता दिइँदा पनि वृद्धभत्ता खाने उनको उमेर १ वर्षअघि नै पुरा भइसकेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली पनि ६६ वर्षका भएका छन् । वृद्धभत्ता खाने उमेर ६५ वर्षमा झारेपछि उनी पनि योग्य भएका हुन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि ६५ वर्ष पुगेका छन् । उनी यसै वर्षदेखि वृद्धभत्ताका लागि योग्य भएका छन् । एमालेका उपाध्यक्ष बामदेव गौतम पनि ७३ वर्षका भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि वृद्धभत्ता खाने नेतामा पर्छन् । उनी ७३ वर्षका भए । यता एमालेका वरिष्ठ नेता झलनाथ खनाल ६७ वर्षका भए । उनी पनि वृद्धभत्ताका लागि योग्य भएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष पुगेका छन् भने ६८ वर्ष पहिला जन्मिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला समेत वृद्धभत्ता पाउने नेताको सूचीमा परेका छन् । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ ६५ वर्ष लागेका छन् । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका बाबुराम भट्टराईले भने वृद्धभत्ताका लागि अझै एक बर्ष कुर्नु पर्ने भएको छ ।
अन्नपूर्णबाट

 

Logo