काठमाडौं,५,माघ
जनप्रतिनिधि मात्र राजधानी जाने हुन् । जनताका सरकारी काम स्थानीय तहमै हुनेछ ।

१. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमैः- जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणित लगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । "/>

के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,५,माघ
जनप्रतिनिधि मात्र राजधानी जाने हुन् । जनताका सरकारी काम स्थानीय तहमै हुनेछ ।

१. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमैः- जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणित लगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता र राहदानी लिन मात्र अहिले जस्तै जिल्ला सदरमुकाम जानु पर्नेछ ।

२. जग्गाको नामसारी र लालपुर्जा पनि गाउँमैः- घरजग्गा धनी पुर्जा वितरण समेत स्थानीय तहबाटै हुनेछ । जग्गाको नामसारी तथा किनबेच, कित्ताकाट, उजुरी लगायतका सेवा पनि स्थानीय तहमै उपलब्ध हुन्छ ।

३. मालपोत र सम्पत्ति कर तिर्ने सुविधा वडामैः- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर, दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत कर वडामै तिर्ने हो ।

४. सामाजिक सुरक्षा भत्ता पनि वडाबाटै वितरणः- ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तलाई वितरण गरिने सामाजिक सुरक्षा भत्ता, कार्यक्रमको वितरण र व्यवस्थापन पनि स्थानीय तहले नै गर्नेछ ।

५ . मुद्दामामिलाको प्रारम्भिक उपचार स्थानीय तहमैः- सानातिना मुद्दा मामिला परे गाउँ अथवा नगरपालिकाले मेलमिलाप गराउने र मध्यस्थता गर्नेछ । यसका लागि उपप्रमुखको नेतृत्वमा इजलास नै हुन्छ । त्यहाँ चित्त नबुझे मात्र जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत जान सकिनेछ ।

६ . सहकारी देखि रेडियो दर्ता पनि स्थानीय तहमाः- सहकारी संस्था देखि एफएम, रेडियो सम्म स्थानीय तहमै दर्ता वा खारेज गर्न सकिन्छ । यस्तै खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक ऊर्जाको निर्माण पनि स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्छ ।

७. मावि सम्मको परीक्षा र पाठ्यक्रम स्थानीय तहमाः- माध्यमिक अर्थात् एसइई परीक्षा स्थानीय तहले लिने हो । यो तह सम्मको पाठ्यक्रम पनि उसैले बनाउने हो ।
नयाँ पत्रिकाबाट

Logo